बाँकी कार्यकाल ओली नै प्रधानमन्त्री, प्रचण्डलाई पार्टीको जिम्मा

बाँकी कार्यकाल ओली नै प्रधानमन्त्री, प्रचण्डलाई पार्टीको जिम्मा

कपनअनलाइन

काठमाडौं, मंसिर ४।  नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधिसभाको बाँकी कार्यकालसम्म प्रधानमन्त्री केपी शर्मा ‌ओली नै निरन्तर हुने निर्णय गरेको छ।

योसँगै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आलोपालोमा प्रधानमन्त्री हुने भनिएको यसअघिको सहमति  टुंगिएको छ।

मंगलबार बसेको सचिवालय बैठकले अब प्रचण्डलाई पार्टीको काममा केन्द्रित हुने गरी जिम्मा दिने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘केपी शर्मा ओली र प्रचण्ड वरियता क्रम यथावत छ। प्रधानमन्त्रीको हैसियतमा ओली सरकारको काममा केन्द्रित हुने र प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा लाग्ने निर्णय भएको छ,’ श्रेष्ठले भने ‘आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्ने, प्रतिनिधि सभाको यस कार्यकालमा सरकारको नेतृत्व केपी ओलीले गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने निर्णय भयो।’

उनले पार्टी सरकार र सरकार सञ्चालनमा अध्यक्षद्वयले समन्वय गर्ने बताए।

तपाइँको प्रतिक्रिया ।