शक्ति समुहको पहलमा भारतको आसामबाट सातजना बेचविखन प्रभावित महिला तथा बालीका उद्धार
कपन अनलाइन
काठमाडौं ,मंसिर ३।
लेन १४ को नामले परिचित (आसाम) सिलचरको कुख्यात वेश्यालयबाट सोमबार प्रहरीलेले सात नेपाली बेचविखन प्रभावितहरुलाई उद्धार गरेको छ ।
एउटै वेश्यालयबाट शक्ति समुहले यी सात महिला तथा किशोरीहरुलाई उद्धार गरेको हो ।
शक्ति सामूह आइतबार सिलचर पुग्यो र क्याचर पुलिसको सहयोगमा सोमबार साँझ एउटा अपरेसन चलायो । उद्धार गरिएको सात बालिकामध्ये चार जना नाबालिग र तीनजना २० वर्ष मुनिका छन् ।
शक्ति समुहका कानून तथा तालिम संयोजक दिलीप कोइरालाले भने, ‘उद्धार गरिएको सात बालिकामध्ये चार जना नाबालिग र तीनजना २० वर्षभन्दा कम उमेरका छन्।’
कोइरालाले थपे, ‘उनीहरुलाई वेश्यावृत्ति गर्न बाध्य गर्ने महिला लक्ष्मी तामांगलाई पनि पक्राउ गरीएको छ र मुद्धा दर्ता समेत भैसकेको छ । ‘ उनले भने, ‘दूतावासलाई यी सात महिलाको बारेमा सूचित गरिएको छ र उनीहरूलाई मंगलबार सिलचरको अदालतमा पेश गरेपछि हामी उनीहरूलाई नेपाल फर्काउन सक्षम हुनेछौं।’
शक्ति समुह बेचविखन प्रभावित महिलाले सन १९९६ मा भारतका बिभिन्न कोठिहरुबाट उद्धार भएर नेपाल फर्केपछि स्थापना र संचालन गरेको विश्वकै पहिलो संस्था हो । र यसले प्रभावित केन्द्रीत अवधारणाबाट मानव बेचविखन बिरुद्ध बिभिन्न तह र तप्कामा कार्य गरीरहेको शक्ति समुहका संस्थापक सदस्य तथा निमित्त कार्यकारी निर्देशक चरिमाया तामांगले बताईन ।