प्रदेस सभा सदस्य दिपक निरौलाको प्रदेश पूर्वाधार विकासका ३ करोडका योजनाहरु
कपन अनलाइन
काठमाडौं ,मंसिर २।
काठमाडौं क्षेत्र नं ५ प्रदेस सभा क्षेत्र २ का प्रदेस सभा सदस्य दिपक निरौलाको निर्वाचन क्षेत्रमा प्रदेश पूर्वाधार विकास साझेदारी(संचालन कार्यविधि) २०७६ अनुसार आ.ब २०७५/७६ को लागि विभिन्न योजना हरु छनौट भएका छन ।
सो क्षेत्रमा भौतिक पूर्वाधार तथा विभिन्न सार्वजनिक र सामाजिक महत्वका अभियान संचालन गर्दै आएका सांसद निरौलाले सो बजेटमा विनियोजनमा महत्वपूर्ण पूर्वाधार निर्माणलाई प्राथमिकता दिएका छन ।
बुढानिलकण्ठ र टोखा नगरपालिकाका विभिन्न पर्यटकीय स्थलहरुको प्रवर्धनका लागि विभिन्न कार्यक्रम संचालन गर्दै आएका निरौलाले सांस्कृतिक महत्वका बुढानिलकण्ठ मन्दिर सहित आफ्नो निर्वाचन क्षेत्रका अन्य धार्मिक र सांस्कृतिक स्थलको विकासका लागि काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य उपप्रधानमन्त्री ईश्वर पोखरेल संगको समन्वयमा विभिन्न कार्यक्रम अगाडी बढाउदै आएका छन ।
प्रदेश पूर्वाधार विकास साझेदारी अन्तर्गतका योजनाहरु :
१. पार्क निर्माण ( बूढानिलकण्ठ नपा-३ घट्टेढाँड, गैरीगाउँ ) – ५० लाख
२. पान्चोक स्थित सामुदायिक भवन निर्माण (बुढानिलकण्ठ नपा- ७)- ६८ लाख ८० हजार
३. भद्रकाली आधारभूत बिद्यालय भवन निर्माण (बुढानिलकण्ठ नपा- ६ ) – ६० लाख
४.गणेश स्थान देखि विष्णुमति सम्म सडक तथा ढल निर्माण (टोखा नपा- ३ )- ५० लाख
५..टोखा -३ मुल बाटो हुँदै बिन्धबासिनी मावि देखि तल्लो बाटो -२० लाख
६.कल्की मन्दिर नजिक खानेपानी बोरिङ तथा ब्यबस्थापन (टोखा नपा-५ ) – ५० लाख