सार्वजनिक जग्गा संरक्षणको आक्रामक अभियानमा बुढानिलकण्ठ -६

सार्वजनिक जग्गा संरक्षणको आक्रामक अभियानमा बुढानिलकण्ठ -६

कपन अनलाइन

काठमाडौं , कार्तिक २९।

“हाम्रो स्थानिय श्रोत साधनको सम्रक्षण र सदुपयोग गरौ” भन्ने अभियानका साथ बुढानिलकण्ठ वडा – ६ को तल्लो पासिकोट स्थित लुडेखोलाको उत्तर तर्फ रहेका अतिक्रम भएका सार्वजनिक जग्गाहरु करिब २ देखि ३ रोपनी संरक्षण गरिएको छ।
सो सार्बजनिक जग्गा प्रदेश ३ का सदस्य दिपक निरौलाको उपस्थितिमा वडा समितिका जनप्रतिनिधिहरु, समाजसेवी स्थानिय सरोकारवालाहरुको सकृय सहभागिता र सहयोगमा सार्वजनिक जग्गा नगरपालिकाका प्राबिधिकको सहयोगमा छुट्याउने कार्य गरिएको हो ।
उक्त्त सार्वजनिक जग्गाको प्राबिधिक रिपोर्ट प्राप्त पछि डिपिआर तयार गरि ब्यवस्थित पार्क निर्माणका लागि प्रदेश सभा सदस्य दिपक निरौलाले सक्दो आर्थिक सहयोग गर्ने प्रतिबद्द्ता स्थानियहरु माझ व्यक्त गरेका थिए ।

त्यस्तै वडाले आउदो बर्ष त्यस क्षेत्रमा र अरु क्षेत्रमा रहेका अन्य सार्वजनिक जग्गाहरु र बु न पा ६ स्थित रहेको लुडेखोलाको मापदण्ड पनि तत्काल छुट्याईने वडा अध्यक्ष नवीन केसिले जानकारी दिएका छन।

 

तपाइँको प्रतिक्रिया ।