दोश्रो हिमालय कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सुरु

दोश्रो हिमालय कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सुरु

कपनअनलाइन

काठमाडौं,कार्तिक२६ । हिमालय इङलिस बोर्डिङ स्कुलको आयोजनामा दोश्रो हिमालय कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि सुरु हुने भएको छ ।
प्रतियोगितामा विभिन्न ५ समूहमा ५७ टिमको सहभागिता रहने हिमालयका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र अधिकारीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा १२, जुनियर गल्र्समा १२, जुनियर ब्वाइजमा १३ तथा प्लस टु ब्वाइजमा १५ र गल्र्समा ५ टिमको सहभागिता रहने छ । मंसिर ८ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु कोटेश्वरस्थित आयोजककै कोर्टमा हुने छ

तपाइँको प्रतिक्रिया ।