भृकुटीमण्डपमा बिहीबार देखि विन्टर फुटवेयर बिजनेस एक्स्पो सुरु

भृकुटीमण्डपमा बिहीबार देखि विन्टर फुटवेयर बिजनेस एक्स्पो सुरु

कपनअनलाइन

काठमाडौं,कार्तिक २४ । नेपालका प्रतिष्ठित जुत्ताचप्पल उत्पादक तीन उद्योग मिलेर कार्तिक २१ गते  बिहीबारदेखि भृकुटीमण्डपमा विन्टर फुटवेयर बिजनेस एक्स्पो (मेला) सुरु भएको छ ।

विन्टर फुटवेयर बिजनेस एक्स्पो (मेला) को उद्घाटन प्रदेश ३ का आर्थिक मामिला एवं योजना मन्त्री कैलाश ढुंगेलले गरेका हुन् ।

सो उद्घाटन समारोहमा बोल्दै मन्त्री ढुंगेलले हरेक नेपाली जनताको खुट्टामा नेपाली जुत्ता हुनु पर्ने बताए । अहिले बर्तमान अवस्थामा ६० प्रतिशत नेपाली जुत्ताले आत्मनिर्भर भएको हुँदा अर्काे वर्ष आउँदा ८० प्रतिशत नेपाली जुत्ताको आत्मनिर्भर भएको सुन्न पाउने अपेक्षा रहेको बताए । नेपाली जुत्ताको गुणस्तर बढाउनु पर्ने जोड दिदै मन्त्री ढुंगेलले नीजि क्षेत्रको सहयोगमा समुद्ध नेपालको यात्रामा सरकार लाग्ने समेत बताए ।

मेलामा बिएफ डियर हिल सुज, रन सुज, शिखर सुजका जुत्ताचप्पल रहने छन् । उपभोक्तालाई चर्चित ब्राण्डका न्यानो खालका जुत्ता एउटै छानोमुनि सस्तोमा किन्ने यो मेला अभूतपूर्व अबसर हुने शिखर सुजका अध्यक्ष प्रबन्ध निर्देशक एव् मेलका सभापति रामकृष्ण प्रसाइले बताए । मेलामा ७० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल उपलब्ध गराउने उनले बताए। मेला सीमित अबधिका लागि लगाइने आयोजकको भनाइ छ ।

जाडोमा जुत्ताचप्पल किन्ने उपभोक्तालाई लक्षित गरी मेला आयोजना गरिएको बिएफ डियर हिल सुजका अध्यक्ष होमनाथ उपाध्यायले बताए । मेलामा विवाहका सिजनलाइ लक्षित थरीथरीका पार्टीसुजसमेत उपलब्ध हुने उनले जानकारी दिए ।

जाडोको सिजन सुरु भएकाले न्यानो खालका जुत्ता मेलामा राखिने रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले जानकारी दिए ।  ‘मेलामा २ सय ५० रुपैयाँदेखिका चप्पल र ५ सय रुपैयाँदेखि जुत्ता उपलब्ध हुनेछन,’ उनले भने । मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अबसर उपभोक्ताले पाउने छन् ।

मेलामा महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध हुनेछन् । मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् । मेलामा महिलापुरुष दुवैका लागि सिजनल बुटहरु आकर्षण हुने छन् । जुत्ता उत्पादक कम्पनीले हिउँदंलाई लक्षित गरेर उत्पादन गरेका नयाँ मोडलका जुत्ताचप्पल समेत उपलब्ध हुनेछन् ।

तपाइँको प्रतिक्रिया ।