सवारी दुर्घटनामा परि डाक्टर बाबु र नर्स छोरीको मृत्यु

सवारी दुर्घटनामा परि डाक्टर बाबु र नर्स छोरीको मृत्यु

कपनअनलाइन

विराटनगर,कार्तिक १८। सडक दुर्घटनामा परि डाक्टर बाबु र नर्स छोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा  विराटनगरको गोल्छा आँखा अस्पतालमा कार्यरत ५२ वर्षिय शुभलाल माझी र उनकी २६ वर्षिया छोरी अञ्जलीकुमारी माझी रहेका छन्। अञ्जली विराटनगरको न्युरो अस्पतालमा स्टाफ नर्सका रुपमा कार्यरत थिइन्।

कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगा गाँउपालिका–१ खण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । ठक्कर लगत्तै उपचारका लागि विराट मेडिकल कलेजमा लगिएको थियो। उपचारका क्रममा नै उनीहरु दुवैजनाको मृत्यु भएको नेमुवा ट्राफिक प्रहरी इन्चार्ज तुलामणी आचार्यले बताए।

विराटनगरबाट दुहवी तर्फ जाँदै गरेको को१ख ७२३२ नम्बरको यात्रुबहाक बसले दुहवीबाट विराटनगर तर्फ आउँदै गरेको को२७प १०२२ नम्बरको मोटरसाइकलमा सवार बाबु र छोरीलाई ठक्कर दिएको हो।

 

तपाइँको प्रतिक्रिया ।