युरोपमा स्मार्ट सिटि वारे अध्ययन गर्दै वडा अध्यक्षहरु
कपन अनलाइन
काठमाडौं , कार्तिक ८।
जर्मनीकाे बर्लिनमा भइरहेकाे स्मार्ट सिटि कन्फरेन्समा सहभागी हुन पुगेका बुढानिलकण्ठ नगरपालिका का वडा अध्यक्ष हरुले स्मार्ट सिटि र त्यस विषयकाे प्रस्तुतीले नगरहरुकाे अवस्था बारे अध्ययन गर्न सहज हुने अनुभव बटुलेकाे बताएका छन ।
अक्टोबर २२ देखि २४ सम्म हुने कार्यक्रममा बुढानिलकण्ठ सहित टाेखा र तारकेश्वर गरि ३ नगरपालिकाकाे ८ वाड अध्यक्ष र विभिन्न क्षेत्रका ५ सहित १३ जनाकाे सहभागीता रहेकाे टोलिमा
काठमाडौं खेलकुद समाजका अध्यक्ष समेत रहेका बुनपा का काङ्ग्रेस युवा नेता बद्री भट्टराईले बताए।
त्यस्तै बुढानिलकण्ठ वडा ११ का अध्यक्ष राजु अधिकारीले ससारका विकसित देशहरुले जनतालाई सकभर राेडमा अाउन नपर्ने गरि कार्य गरिरहेकाे तर हाम्रो अवस्था हरेक कुरामा जनता राेडमा अाउनु पर्ने अवस्था रहेकाे बताएका थिए ।
साथै वडा न १ का अध्यक्ष सुरेन्द्र लामाले हामीले बुजिरहेकाे स्मार्ट सिटि र यहाँ हामीले पढेकाे स्मार्ट सिटिमा ठुलाे अन्तर रहेकाे अनुभव भएको बताएका छन।
त्यस्तै वडा न ५ का अध्यक्ष विजय तामाङले दिगाे विकासमा हरेक तहकाे विकास याेजना स्मार्ट बनाउन निकै मेहनत गर्नु पर्ने र त्यसका लागि याे अध्ययन साहायक हुने बताएका छन ।
सो टोलिमा बुढानिलकण्ठ -४ का अध्यक्ष
राजु खड्का, वडा ११ का राजु अधिकारी , वडा -५ का विजय तामाङ , वडा १ का सुरेन्द्र लामा ,
तारकेश्वर -३ का मनाेहरी तिवारी र परशुराम अर्यालका साथमा मनिष जाेशी , सुमन तिवारी , आकाश सिवाकोटी र बद्री भट्टराइ सहभागी रहेका छ्न।