गोकर्णेश्वर नगरपालिकामा अन्तरास्ट्रिय रंगशाला निर्माण गर्नु पर्दछ : शान्ती नेपाल

गोकर्णेश्वर नगरपालिकामा अन्तरास्ट्रिय रंगशाला निर्माण गर्नु पर्दछ : शान्ती नेपाल

कपन अनलाइन

काठमाडौ,फाल्गुन ४।

सातौ छात्र/छात्रा इसान कप फुटबल प्रतियोगिता २०७४ गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा रहेको नेपालय स्कुलको खेल प्राङ्गणमा भएको  खेलको   उद्दघाटन सत्रको बिशेष अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिककि उप प्रमुख शान्ति नेपालले संस्थागत बिद्यालय संघ नेपाल (इसान)ले आयोजना गरेको सातौ इसान कपको सफलताको शुभकामना दिंदै  गोकर्णेश्वर नगरपालिकाले शिक्षा र खेलकुदलाइ बिशेष प्राथमिकताका साथ् लान खोजेको बताइन। उनले  बिद्यार्थी जीवनमा खेलकुदले महत्वपूर्ण स्थान रहेको बताउदै नगरपालिकामा अन्तरास्ट्रिय रंगशाला निर्माण हुनुपर्ने बताइन  ।

उनले  विद्यार्थीको स्वभावले नै पढाइलाई विशेष प्राथमिकता दिनुपर्ने भन्दै मानिस शारीरिक र मानसिक रूपमा सक्षम हुन खेलकुदको महवपूर्ण भूमिका रहेको बताएकी थिइन् ।उनले खेलले मानिसलाई फूर्तिलो बनाउनु को साथै खेलकुदले प्रत्यक्ष वा अपत्यक्ष रूपमा पढाइलाई सहयोग पुर्‍याउने बताइन ।

उनले अबका दिनमा विद्यार्थी पढाइमा मात्र अब्बल भएर नहुने भन्दै  खेलमा विशेष रुचि राख्ने विद्यार्थी खेल सँगै अन्य क्षेत्रमा सफल बन्ने बताएकी थिइन्  ।उनले खेल भनेको बिद्यार्थी जीवनमा अत्यन्तै प्रेरणादायी गर्ब गर्ने माध्यम भएको बताउदै नेपालय विद्यालयले खेल सुरु हुनुपूर्व गरेको मार्चपास कार्यक्रमको प्रसंसा  गरेकी थिइन् । उनले आफ्नो बाल्यकालको स्मरण गर्दै आफुले पनि बिद्यालयमा पढ्दा मार्चपास गरेर शिक्षा मन्त्रीको हातबाट पुरस्कार प्राप्त गरेको बताएकी थिइन्।

उनले पढाई संगसंगै अतिरिक्त क्रियाकलापलाइ पनि संगसंगै अघि बढाउन सुझाब दिएकी थिइन्। उनले  विद्यार्थीले पढाइलाई विशेष महत्व दिएर खेलको समय छुट्ट्याउँदा राम्रो हुने  त्यसले आफ्नो क्षमता र आफु भित्र रहेको आन्तरिक प्रतिभा प्रस्फुटन गर्ने माध्यम पनि भएको बताएकी थिइन्। उनले खेलले व्यक्तिमा अनुशासनको विकास गराउने भन्दै  मानिसलाई कुलतको बाटो हिँड्नबाट रोक्ने बताइन।

उनले खेल र पढाइमा भने विद्यार्थीले सन्तुलन मिलाउनै पर्छ भन्दै यो दुवैमा सन्तुलन कायम राख्न सक्ने मानिस नै सफल हुने धारणा ब्यक्त गरेकी थिइन् । मानिसले खेलमा समय दिन सकेन भने समयको दुरुपयोग हुने र विभिन्न ठाउँ घुमेर, नकारात्मक क्रियाकलापमा सहभागी भएर उसको समय बित्न सक्छ भन्दै   खेलमा समय दिने हो भने यी सबै कुराबाट बच्न सकिने बताएकी थिइन्। उनले कुनै पनि कुरा असम्भव नभएको हुँदा म सक्दिन ,म खेल्दिन नभनीकन अगाडी बढ्न सहभागी टिमका  खेलाडीहरुलाई शुभकामना दिएकी थिइन् ।

यस प्रतियोगितामा सहभागी टिमहरु राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरको  खेल खेलेको भनेको आफुले सुनेको बताउदै अझ आगामी दिनमा अनुशासित भै खेल खेल्न शुभकामना दिएकी थिईन।

उनले गोकर्णेश्वर नगरपालिकाले नगरपालिकामा प्रतिभावान बिद्यार्थीहरुको लागि राम्रो खेल मैदानको आवस्यकता रहेको आफुले पनि महसुस गरेको र त्यसको लागि नगरपालिकाले बिस्तारै योजना बनाउदै केहि ठाउमा जग्गाहरु पनि खोजि कार्य गरिरहेको बताइन।

उनले रंगशाला बनाउनको लागि सानो बजेटले नपुग्ने हुँदा दातृ संस्थाहरुलाई पनि अनुरोध गर्दै गरेको हुँदा नगरपालिका भित्र रहेका सम्पूर्ण बिद्यालयहरुलाई पनि त्यो कामको लागि सहयोग र सुझाब दिनको लागि अनुरोध गरेकी थिइन् । उनले छिट्टै नै त्यसको खाका तयार गरेर आफुहरु रहेपनि नरहेपनि ५ वर्ष भित्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउनको लागि आफुहरु निरन्तर लागिरहने बताएकी थिइन् ।

 

तपाइँको प्रतिक्रिया ।