बुढानिलकण्ठ -१३ पारीगाउँ बाटो मर्मत तथा ड्रेन बनाउने कार्य सम्पन्न
कपन अनलाइन
काठमाडौ,माघ २९।
बुढानिलकण्ठ नगरपालिका वडा नं १३ जगडोल पारिगाउमा बर्षातको पानीको निकास राम्रो नहुदा तारेभिर देखिको भेलले बाटो बिगार्ने समस्या लाई समाधान गर्ने ऊदेश्यले बु न पा १३ अन्तर्गत ज्ञान बहादुरको घर देखि गणेश मन्दिर हुँदै स्युवागा सडक निर्माण शिर्षकमा बिनियोजित बजेट बमोजिम उक्त स्थानमा ह्युम पाईप राखी ड्रेन बनाउने काम सम्पन्न भएको छ।
बुढानिलकण्ठ नगरपालिकाले बिनियोजन गरेको १ लाख ७५ हजार रुपैया र स्थानीय उपभोक्ता समिति ले श्रमदान सहित ४२ हजार ७ सय ७८ रुपैया ५० पैसा गरि कुल लागत २ लाख १३ हजार ४ सय ३ रुपैया ५० पैसामा उक्त बाटो निर्माण भएको थियो ।
जगडोल पारिगाउँ निर्माण उपभोक्ता समितिको सकृयता तथा जगडोल रेसिडेन्ट ग्रुप को ब्यबस्थापनमा उक्त काम सुरु भइ कार्य सम्पन्न भएको छ।करिव २ हप्तामा कार्य सक्ने उदेश्य सहित १ महिनाको अवधि राखेर काम अघि बढेको थियो ।सबै जना जुट्दा करिब तीन हप्तामा नै निर्माण सम्पन्न भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष सुमन थापाले बताए ।
निर्माण सम्पन्न भए पछि अब बर्षातको समयमा तारेभिर देखि बहने पानीको भेलबाट स्थानीयहरुले राहत पाउने पारिगाउँ निर्माण उपभोक्ता समितिका सचिब सन्तोष केसी ले कपन अनलाइनलाइ बताए । युवाहरुको सक्रियता र नगरपालिकाको सहयोगमा भएको कामलाई स्थानीय सबैले सरहानिय काम भएको बताएका छन् भने विकासको काममा सबै जुट्दा चांडो काम सकिएकोले खुसी ब्यक्त गरेका छन् ।