नेकपा एमालेद्वारा प्रतिनिधिसभामा समानुपातिकतर्फ निर्वाचित हुने ४१ सांसद छनौट
कपन अनलाइन
काठमाडौं,माघ २८।
नेकपा एमालेको आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले प्रतिनिधिसभामा समानुपातिकतर्फ निर्वाचित हुने ४१ सांसद छनौट गरेको छ । पार्टीले प्राप्त गरेको सिट संख्या अनुसार समावेशी समूह मिलाएर निर्वाचन आयोग समक्ष पठाइएको एमालेले जनाएको छ ।
एमालेले तय गरेको ४१ जनामा मुकुन्द न्यौपाने एक नम्बरमा छन् भने ४१ औं नम्बरमा समिना हुसेनको नाम छ । एमालेबाट पुरुषतर्फ चार जना र ३७ जना महिलाको नाम परेको छ।
तपाइँको प्रतिक्रिया ।