प्रदेस नं ३ को प्रदेस सभा नियमावली २०७४ मस्यौदा समिति गठन
कपन अनलाइन
हेटौडा ,माघ २८।
प्रदेस नं ३ प्रदेस सभाको आज बसेको बैठकको पहिलो शत्रमा उप सभामुखलाई सपथ गराइएको छ भने दोश्रो शत्रको बैठकले प्रदेस सभा नियमावली २०७४ को मस्यौदा गर्नका लागि समिति गठन गरेको छ ।
प्रदेस सभा सदस्य केशव पाण्डे को प्रस्तावमा प्रदेस सभाले गठन गरेको समितिमा प्रदेस सभा सदस्य राजेन्द्र पाण्डे ,दिपक निरौला ,सरस्वती बस्नेत ,बुद्दिमान माझी ,कन्चन खनाल ,छिरिंग दोर्जे लामा ,राधा घले ,रमेश पौड्याल ,सुरेन्द्र राज गोसाई ,रिता गुरुङ र रिता माझी रहेका छन ।
समितिले नेपालको संविधानको धारा १९४ अनुसार कार्य संचालन ,समितिहरुको गठन ,काम कारवाही र समिति सम्बन्धि नियमावली हरुको मस्यौदा तयार गर्नेछ।
सभामुख को निर्देशनमा आफ्नो कार्य गर्ने समितिले १५ दिन भित्र मस्यौदा तयार गर्नेछ।
तपाइँको प्रतिक्रिया ।