अखिल क्रान्तिकारीलको ब्यङ्ग्य स्वरुप १ रूपैयाँ संकलन अभियान सुरु

अखिल क्रान्तिकारीलको ब्यङ्ग्य स्वरुप १ रूपैयाँ संकलन अभियान सुरु

काठमाडौं,८ माघ । शेरवहादुर देउवा नेतृत्वको सरकारले एकपछि अर्को गर्दै राष्ट्रिय ढकुटीमा व्रम्हलुट मच्चाएको आरोप लगाउँदै माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ब्यङ्ग्य सांकेतिक विरोध र भण्डाफोर अभियान स्वरुप १ रूपैयाँ संकलन अभियान सुरु गरेको छ ।

क्रान्तिकारीले उपत्यका लगायत देशका सवै प्रमुख शहरहरुमा १ रूपैयाँका दरले चन्दा संकलन गरी जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री देउवालाई वुझाउने कार्यक्रम तय गरेको उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार ‘ प्रधानमन्त्रीलाई आफ्ना दलका कार्यकर्ता भरणपोषण गर्न जति गरे पनि पुगेन । त्यसैले हामीले उनलाई चन्दा संकलन गरिदिन लागेका हौं।’ देउवा सरकारले हदैसम्म बम्हलुट गर्न थालेपछि सांकेतिक विरोध र भण्डाफोर अभियान चलाउन वाध्य भएको बस्नेतले दावी गरे।

क्रान्तिकारीले प्रधानमन्त्री देउवालाई १ रूपैयाँ अभियान आजबाटै उपत्यकाका कलेजहरुवाट सुरु गरेको छ । यो अभियान देशैभर चल्ने क्रान्तिकारीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।