तारकेश्वर नगरपालिका वडा नं ५ गोलढुंगामा बृहत सरसफाई कार्यक्रम सम्पन्न

तारकेश्वर नगरपालिका वडा नं ५ गोलढुंगामा बृहत सरसफाई कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ, माघ २८

तारकेश्वर नगरपालिका वडा नं ५ गोलढुंगामा रहेको नागार्जुन माबी आस पासको क्षेत्रमा  हिजो शनिबार बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।उक्त सरसफाई कार्यक्रममा  तारकेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष बासु प्रसाद गौतम वडा सदस्य अनन्त आचार्य ,जयराम अर्याल लगायत स्थानीयको बाक्लो सहभागिता रहेको थियो ।

उक्त सरसफाई कार्यक्रम अन्तर्गत नाली सफा समेत गरिएको थियो भने जनचेतना जगाउने खालका गतिबिधि समेत गरिएको थियो ।  सफा वडा नै आफनो पहिचान, परिचय अनि सभ्यता  संग गासिएकोले आफनो वडालाइ  सभ्य र सफा वडा वनाउनको लागि  वडा कार्यलय मार्फत वडा सदस्य अनन्त आचार्यको नेतृत्वमा बिगत असार महिना देखि स्थानीय युवा र समुदायको सहयोग र समन्वयमा  प्रत्येक शनिबार सरसफाई कार्यक्रम आयोजना गरिरहेको वडा सदस्य अनन्त आचार्यले कपन अनलाइनलाइ बताए। साथै उनले चांडैनै आफ्नै नेतृत्वमा सार्बजनिक जग्गा संरक्षणको कार्य पनि अघि बढाउन लागेको जानकारी दिए ।

उक्त सरसफाई कार्यक्रम मा नाली सफा गर्नु को साथै बाटोमा जथाभावी फ्याकिएका प्लास्टिक तथा सिसाजन्य फोहोर संकलन गरि सरसफाई  गरिएको थियो।सरसफाईमा जुटेका युवाहरुले स्थानीय तहमा युवाहरु नै जागरुक भई सामाजिक कार्यमा लाग्न  प्रेरित  गर्ने उदेश्य का साथ् उक्त सरसफाई कार्यक्रम आयोजना गरिएको बताए ।

उक्त सरसफाई  राम्रो समाजको निर्माणका लागि  प्रत्येक ब्यक्ति एउटै परिवारको सदस्य जस्तै भइ कुनै राम्रो काम गर्न एक ढिका भएर सामाजिक सदभाब, भातृत्व प्रेमको भावना रहोस भन्ने उदेश्यले सरसफाई कार्यक्रम विगतकै निरन्तरता स्वरुप आयोजना गरेको वडा अध्यक्ष बासु प्रसाद गौतमले  बताए । उनले  भविष्यमा पनि सर सफाइ कार्यक्रमलाई  निरन्तरता दिने बताए ।

 

तपाइँको प्रतिक्रिया ।