शिवपुरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफ्नो चौथो विशेष साधारण सभा सम्पन्न गर्यो

शिवपुरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफ्नो चौथो विशेष साधारण सभा  सम्पन्न गर्यो

कपन अनलाइन

काठमाडौँ,माघ २७ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको शिवपुरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफ्नो चौथो विशेष साधारण सभा जगडोलमा रहेको जन जागृति माविको प्रांगणमा सम्पन्न गरेको छ।

उक्त कार्यक्रमको प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दब खरेल रहेका थिए।  त्यस्तै गरि विशेष अतिथिमा क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यलयका निर्देशक सुदेशन भण्डारी , बौद्दनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा , क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यलयका सी इ हिम नाथ लामिछाने , सी.इ हरि प्रसाद तिमल्सिना , बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारी ,१३ का वडा अध्यक्ष श्री कृष्ण श्रेष्ठ ,रहेका थिए भने अतिथिहरुमा  वडा नं ११ का वडा सदस्य बिनोद तामांग, बिमल लामा ,आनन्द संघ का अध्यक्ष छेके गुरुङ  शान्ति तथा शहीद पार्क का अध्यक्ष  सुदर्शन सिग्देल  जगडोल रेसिडेन्ट ग्रुपका अध्यक्ष राजेश पौडेल सुगम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्यामराजा गौतम  स्थानीय नेता समाजसेवी  अच्च्युत प्रसाद पौडेल शिवपुरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारीहरु लगायत स्थानीय लब्धप्रतिष्ठित ब्यक्तिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा सभाध्यक्षता शिवपुरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति का अध्यक्ष ठाकुर प्रसाद पौडेल ले गरेका थिए भने कार्यक्रम संचालन अंगुर पौडेलले गरेका थिए।कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दब खरेल आफ्नो प्रमुख प्राथमिकतामा पानीलाइ राखेको बताउदै  अबको परीषद बाट २५ %खानेपानीको लागी छूट्टाइने समेत बताएका थिए ।उनलेनगरमा योजना बनाउन प्रबीधीक सहयोग का लागी क्षेत्रीय अनूगमन तथा सूपरीबेक्षणका निर्देशक  लाई पनि  आग्रह गरेका थिए ।  उनले शिवपुरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले गरेको कामको प्रसंशा गर्दै आगामी दिनमा  थप ब्यबस्थित गरि पानीको समस्या न्यूनीकरण गर्न  नगरपालिकाले पनि  सहयोग गर्ने बताएका थिए।

कार्यक्रममा उत्तम पौडेल ले स्वागत मन्तब्य राखेका थिए भने शिवपुरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको बार्षिक लेखा प्रतिवेदन संस्थाकी कोषाध्यक्ष सम्झना लामाले प्रस्तुत गरेकी थिइन्।सोहि कार्यक्रममा शिवपुरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सचिव रामराजा गौतमले  बार्षिक  प्रतिबेदन पढेर सुनाएका थिए।

कार्यक्रममा बोल्दै बुढानिलकण्ठ नगरपालिका वडा नं११ का वडा अध्यक्ष राजु अधिकारीले पानीको लामो कथा रहेको पहिला शिवपुरी खानेपानी कपनको बेख, फैका  सम्म संचालन  भएकोमा अहिले यसको दायरा खुम्चिदै जगडोल र पैयाटार सम्म  भएको बताउदै स्रोत पनि टाढा रहेको र भौगोलिक कठिनाइले स्रोत संरक्षण गर्न पन्नी कठिन भएको बताएका थिए ।उनले शिवपुरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले गरको कामको प्रसंसा गर्दै उक्त संस्था बामे सर्दै रहेको हुँदा सबैको साथ् सहयोग र समन्वय आवश्यक रहेको बताएका थिए उनले उक्त समितिलाई आफ्नो कार्यक्षेत्र बिस्तार गर्न समेत अनुरोध गरेका थिए।

सोहि कार्यक्रममा बोल्दै बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का वडा अध्यक्ष श्री कृष्ण श्रेष्ठले जनशंख्या बृद्दि संगै   खानी पानीको स्रोत राम्रो संग संरक्षण गर्न नसक्दा धेरै समस्या उत्पन्न भएको बताए ।उनले आफु सानो हुँदा बिद्यालय बाट आउदा पनि तिर्खा लागेको बेलामा  पानीको पाइप लाइ किलाले प्वाल पारेर पानि पिएको स्मरण गर्दै त्यति बेला चेतना को कमीले गर्दा सो भएको बताएका थिए।

उनले मानिसहरुले सार्बजनिक  धाराको टुटी मर्मत गर्न समेत चासो नदेखाउनेले पैसा तिरेर पानी खान सक्ने तर मर्मत तर्फ चासो नदिने समस्या रहेको पनि बताए। उनले मुलको पानी ब्यबस्थापन गर्नसकियो भने पनि धेरै पानीको समस्या समाधान हुने बताएका थिए ।उनले चुनिखेलमा पनि मूल भेटिएको तर उचित संरक्षण र ब्यबस्थापन हुन नसक्दा दैनिक धेरै लिटर पानी खेर गइरहेकोले सो सम्बन्धमा पनि ध्यानाकर्षण गराएका थिए ।उनले शिवपुरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले गरेको काम को प्रसंसा गर्दै आगामी दिनमा थप ब्यबस्थित गर्न अनुरोध गरेका थिए। उनले मेलम्चीको पानीको कुरा सबै ठाउमा उठ्ने गरेको हुँदा चुनिखेलको तल्लो भेगमा पनि पानी ल्याउनको लागि अनुरोध गरेका थिए   ।

कार्यक्रममा बोल्दै शान्ति तथा शहीद पार्क का अध्यक्ष सुदर्शन सिग्देलले शिवपुरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले गरेको कामलाई सबैले साथ् र सहयोग गर्दै पानी वितरणलाइ अझ ब्यबस्थित गर्दै लानु पर्नेमा जोड दिंदै संस्थालाई शुभकामना दिएका थिए । उनले जल जमिन र जंगल सबैको भएकोले त्यसको संरक्षण गर्न जोड दिएका थिए।

सोहि कार्यक्रममा बोल्दै बौद्दनाथ  क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले बौद्द शिवपुरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका कामहरु पारदर्शी हुनु पर्ने बताउदै किन पहिला धेरै ठाउमा पुगेको तर हाल दायरा खुम्चेको मा दुख ब्यक्त गरेका थिए। उनले मिटर जडान गरेर अघि बढ्न अनुरोध गरेका थिए। साथै उनले आरुबारीको लागि पानि बितरण गर्ने भनेर बनाइएको ट्यांकी प्रयोगहिन रहेकोमा त्यसलाई ब्यबस्थित गरि अघि बढ्न अनुरोध गरेका थिए। उनले पानीमा राजनीति नगर्न समेत अनुरोध गरेका थिए ।

सभाध्यक्षको आसन बाट बोल्दै  शिवपुरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष ठाकुर प्रसाद पौडेलले शिवपुरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले भोगेका चुनौती र कमजोरी बाट पाठ सिक्दै आगामी दिनमा थप ब्यबस्थित गरि अघि बढ्नु पर्ने बताएका थिए।  उनले उपस्थित सबैलाई धन्यबाद दिएका थिए।

 

तपाइँको प्रतिक्रिया ।