नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौं शाखाका आजीवन सदस्यहरुलाई सम्मान तथा शुभ प्रभात चियापान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं, माघ २७।
नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौं शाखाले आजीवन सदस्यहरुलाई सम्मान तथा शुभ प्रभात चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल अर्बुद रोग निवारण संस्थाका निबर्तमान केन्द्रीय अध्यक्ष दिवाकर राज कर्णिकार थिए भने बिशेष अतिथिहरु माननीय डा. अजय क्रान्ति शाक्य, माननीय जीवन डंगोल, केन्द्रीय उपाध्यक्ष महेश श्रेष्ठ र केन्द्रीय उपाध्यक्ष कृष्ण बस्नेत रहेका थिए ।
अतिथिहरुमा भागवत कृष्ण श्रेष्ठ,हरि गोपाल प्रधान,डा.बिमला शाक्य, दिब्यलक्ष्मी ब्रजाचार्य, श्रीकृष्ण महर्जन, नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौँ शाखाकी सदभावना राजदुत इशु श्रेष्ठ लगाएत संस्थाका कार्य समितिका सदस्यहरु, विभिन्न संस्थाका प्रतिनिधिहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथिले क्यान्सर रोगको निधान क्यान्सर रोगको नियन्त्रणको लागी उपचार बाट मात्र सम्भव छैन एक तिहाई क्यान्सर रोगको शुरुको अवस्थामा पहिचान गर्न सकेमा पूर्ण रुपमा निको पार्न सक्ने हुँदा सुरुका अवस्थामा रोग रोकथाम तिर ध्यान दिनुपर्ने बताएका थिए भने अन्य बक्ताहरुले क्यान्सर रोग र नेपाल अर्बुद रोग निवारण संस्थाले खेलेको भूमिकाका बारेमा प्रष्ट परेका थिए ।
प्रमुख अतिथिले कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौं शाखालाई विशेष सहयोग गर्नेहरु माननीय डा. अजय क्रान्ति शाक्य, माननीय जीवन डंगोल,बिद्या सिंह सुवाल,त्रिरत्न महर्जन,दिनेश शंखर पालिखे,रबिन्द्रमान श्रेष्ठ,रमेश महर्जन,डा.सुदिप श्रेष्ठ,डा.राजेन्द्रप्रसाद बराल,भागवत कृष्ण श्रेष्ठ,दिपक भक्त श्रेष्ठ,बिरेन्द्र लाल श्रेष्ठ र सागर श्रेष्ठलाई सम्मान गरेका थिए।
कार्यक्रमको सभापतित्व नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौं शाखाका अध्यक्ष अजय सिंह सुवालले गरेका थिए भने कार्यक्रम संचालन पुर्व सदभावना राजदुत सुनिता डंगोलले गरेकी थिइन् ।
कार्यक्रमको सभापतिले प्रमुख अतिथि लगाएत बिभिन्न ब्यक्तिहरुलाई मायाको चिनो प्रदान गरेका थिए भने सदभावना राजदुत इशु श्रेष्ठले कार्यक्रमको अन्त्यमा नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौँ शाखाका लागी अर्थ संकलन गरेकी थिइन् ।