गोकर्णेश्वर -४ को गुप्ती गणेश मन्दिर छेउमा फोहोर फाल्ने काम बन्द होस् (पाठक चौतारी )

गोकर्णेश्वर -४ को गुप्ती गणेश मन्दिर छेउमा फोहोर फाल्ने काम बन्द होस् (पाठक चौतारी )

कपन अनलाइन 

काठमाडौ,माघ २५।

यो दृष्ण हो,  काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गुप्ती गणेश मन्दिर परिसरको  छेउको  हो । गोकर्णेश्वर नगरपालिका खुल्ला दिशामुक्त क्षेत्र  घोषित भैसक्दा पनि यहाँको हालत यस्तो छ। यो बाटो मा प्राय बिहान मन्दिर दर्शन गर्न आउनेहरु अनि स्कुल आउनेहरू र बिहान आफुलाई स्वस्थ राख्ने उदेश्य लिएर मर्निङ वाक  गर्नेहरुले धेरै प्रयोग गर्छन।

घर घरका फोहोरहरु साझपख त्यहीँ थुपार्ने गरिन्छ। नगरपालिका लाइ स्वच्छ  र सफा राख्ने नगरपालिकाको अभियानलाइ यो दृश्यले जिस्काइरहेको भान हुन्छ ।त्यसैले यस तर्फ निगरानी राखी फोहोर नफाल्नको लागि अनुरोध गर्ने तर्फ सबैको ध्यान जानु जरुरी देखिन्छ  त्यसैले यस तर्फ  सम्बन्धित  निकायको ध्यान पुगोस।

अनुरोध गर्ने

रोज बिष्ट भण्डारी (रोजिना)

तपाइँको प्रतिक्रिया ।