देश विकासका लागि सामुदायिक विद्यालयको अवस्था सुधार गर्न जरुरी छ :कृष्ण राई
कपन अनलाइन
काठमाडौ, माघ २४ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ गागलफेदीमा रहेको श्री बालउद्दार माबीको ५० औ वार्षिकोत्सव तथा स्वर्णजयन्ति महोत्सब कार्यक्रममा बोल्दै काठमाडौं निर्वाचन क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्य कृष्ण राइले बिद्यालयले ५० औ वार्षिकोत्सव मनाउन सफल भएकोमा खुसि भएको भन्दै बधाई एबम शुभकामना ब्यक्त गरेका थिए।
उनले राजधानी जस्तो ठाउमा रहेर पनि एकदमै ग्रामिण भेगको रुपमा परिचित रहेको गागलफेदीमा सम्माननीय उपरास्ट्रपतिलाई ल्याउन पाएकोमामा पनि खुसि लागेको बताए ।
शिक्षा स्थानीय तहमा आइसकेको हुनाले त्यसैमा अहिले काम गरिरहेको बताए ।उनले संविधानको धारा ३१ मा नेपालका जनताले आधारभूत तहका शिक्षा निशुल्क रुपमा र अनिबार्य रुपमा पाउने छ भन्ने धारा ३१ को १ मा उल्लेख भएको बताए।
साथै उनले धारा ३१ को २ मा माध्यमिक तह सम्मको शिक्षा नेपाली जनताले निशुल्क रुपमा लिन पाउने त्यो शिक्षा सम्बन्धि हकको बारेमा त्यहा उल्लेख गरिएको बताए।
उनले थप्दै त्यसलाई संविधानको अनुसूची ८ मा शिक्षा सम्बन्धि अधिकार स्थानीय तहलाई हुन्छ भनेर अनुसूची ८ को बुदा नं ८ मा उल्लेख गरिएको पनि बताए । उनले आज नगरपालिकाहरु शिक्षालाई कसरी अगाडी बढाउने भन्ने परामर्श गर्नका लागि परामर्श समितिहरु निर्माण गरेर अगाडी बढिसकेको बताए ।
उनले फेरी पनि संबिधानको अनुसूची ९ नं को बुदा २ मा शिक्षा सम्बन्धि अधिकार प्रदेशलाइ हुनेकी सं को सरकारलाइ हुने कि वा स्थानीय सरकारलाइ हुने भन्ने बारेमा संबिधानमा नै उल्लेख भए बमोजिम प्रदेश सभाको गठन भएको १ वर्ष भित्रमा हिजो संबिधान सभाले बनाउन बाँकी रहेका २ सय चानचुन कानुनहरु निर्माण गरिसके पछी मात्र त्यसको पूर्ण निर्क्योल हुने संबिधान मै उल्लेख गरिएको बताए।
उनले यो दुबिधाको बिचमा आज हामी बसिरहेका छौ भन्दै त्यो काममा सांसदको रुपमा त्यो काममा पनि महत्वपूर्ण योगदान रहेने बताए। उनले हाम्रो जस्तो गरिब मुलुकमा आफ्नो प्रतिनिधि वा आफुले मन पराएका प्रतिनिधि चुनेर पठाउनु भनेको सबभन्दा पहिला विकास निर्माणमा हेर्नु भन्ने त्यो आम भावना छ त्यो कामलाई हाम्रो कर्तब्य सम्झेको बताए।
उनले त्यो संग संगै नेपालको संबिधान पूर्ण रुपले लागु हुनका लागि बाँकी रहेका कानुनहरु निर्माण गरिसकेपछि अर्थात् एक वर्ष पछि मात्र यो संविधानलाई पूर्ण रुपले लागु गर्न सक्ने बताए।
उनले सरकारले मात्र सबै काम गरिदिन्छ भन्ने पुरानो मानसिकता बाट आज हामी सबै ठाउ बाट उठ्न जरुरी रहेको बताए। सरकारका प्रतिनिधिहरुले मात्र सबै गरिदिन्छ भन्ने होइन भन्दै उनले प्रजातन्त्रमा सरकार भन्दा पनि ठुलो सरकार बनाउने जनता हुन् जनतानै प्रजातन्त्र को ठुलो शक्ति रहेको बताए ।
उनले हिजोको पालाको जस्तो जनता होइन भन्दै २१ औ शताब्दि भनेको ग्लोबल भिलेजको जमाना भएको खल्ती भित्र रहेको मोबाइल बाट संसार एकै चोटी देख्न पाउने बताए। यस्तो अवस्थामा पनि आज स्कुल आफु जन्मनु भन्दा एक बर्ष अगाडी स्थापना भएको रहेछ भन्दै सबै जना मिलेर सामुदायिक विद्यालयलाई नीजी स्कुल सरह शिक्षा प्राप्त गर्ने थलो बनाउनु पर्नेमा जोड दिए ।