चक्रपथ सफाई अभियानको भाबी योजना तथा सम्मान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौ,माघ २२।
चक्रपथ सफाई अभियानको २५ औ हप्ता पुगेको अवसरमा चक्रपथ सफाई अभियानको भाबी योजना तथा सम्मान कार्यक्रम सितापाइला चोकमा गत शनिबार सम्पन्न भएको छ ।चक्र पथ क्षेत्रमा बढ्दै गएको फोहोरले जनजीवनमा गम्बिर प्रभाब पार्ने हुँदा चक्रपथ सफाई अभियान सुरु गरिएको थियो।
उक्त कार्यक्रममा प्रमुख अतिथि मन्त्रिपरिषद्को पूर्व अध्यक्ष एबम पुर्व प्रधानन्यायधीश खिलराज रेग्मी रहेका थिए भने बिशेष अतिथिमा नेपाल सरकारका महिला तथा बालबालिका कल्याण मन्त्रि बिक्रम बहादुर थापा , प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठ रहेका थिए भने अतिथिहरुमा नेपाल बाणिज्य मन्त्रालयका सचिव चन्द्र घिमिरे ,प्रहरी आइ जी पी जय बहादुर चन्द ,ट्राफिक प्रहरी प्रमुख सर्बेन्द्र खनाल बागमती सफाईका अभियन्ता, नेपाल सरकारका पूर्व सचिव एवं साझा पार्टीका नेता किशोर थापा ,पूर्वप्रधान सेनापति रुक्माङगत कटुवाल, निर्माण ब्यवसायी महासंघका द्वय जयराम लामिछाने र रमेश शर्मालगायत विभिन्न संघ सस्थाका प्रतिनिधि र स्थानीयहरुको उपस्थिति रहेको थियो ।उक्त कार्यक्रमको सभाध्यक्षता चक्रपथ सफाई अभियानका संयोजक ताराबहादुर कुँवरले गरेका थिए।कार्यक्रम संचालन प्रकाश चन्द्र दाहाल ले गरेका थिए।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्रिपरिषद्को पूर्व अध्यक्ष एबम पुर्व प्रधानन्यायधीश खिलराज रेग्मीले सफाई कार्यक्रमको प्रसंसा गरेका थिए उनले सानो सानो अभियान बाट नै ठुलो परिबर्तन सम्भब भएको बताएका थिए। उनले चक्रपथ सफाई अभियान प्रारम्भ गर्नेहरु प्रति आभार ब्यक्त गर्दै राम्रो काममा सबै सहभागी हुन अनुरोध गरेका थिए ।
कार्यक्रम मा बोल्दै काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले प्रत्येक घर घरबाट सफाई अभियानको थालनी गर्ने समय आएको र परिबर्तनको प्रारम्भ आफैबाट गर्नुपर्ने बताएका थिए । उनले आगामी दिनमा हुने सफाई अभियान थप प्रभाबकारी हुने बिश्वास ब्यक्त गर्दै चक्रपथ सफाई अभियान प्रारम्भ गर्नेहरु प्रति आभार ब्यक्त गरेका थिए। उनले राम्रो काममा सबै सहभागी हुन अनुरोध गरेका थिए ।
कार्यक्रममा अन्य बक्ताले चक्रपथ सफाई अभियानको प्रसंसा गर्दै अभियानको निरन्तरता आवश्यक रहेको बताएका थिए । उनीहरुले आफ्नो टोलको सफाईका लागि राज्यको मुख ताक्नु भन्दा टोलबासीले नै सफा राख्ने कार्यमा ध्यान दिनु पर्ने बताउँदै ब्यक्तिले सुरु गरेको कार्यले अभियानको रुपलिएको बताएका थिए।
कार्यक्रममा बोल्दै चक्रपथ सफाई अभियानका संरक्षक एबम समाजसेबी श्री कृष्ण सिंखडाले जनता भनेको भगवान भएको र भगवान अगाडी बस्नु भएको छ, उहाहरुको मार्गनिर्देशन ,प्रेरणाले हौसला मिल्ने बताएका थिए। उनले सरकार संग सिमित साधन स्रोत भएको बताउदै आम नागरिकहरुको ठुला ठुला महल छन् तरआगन नभएको बताउदै सडक नै आगन भएको बताउदै जसरि घर सफा राख्न आगन सफा हुनुपर्छ भन्दै आगन सफा राख्न आग्रह गरेका थिए।
उनले अबको युग भनेको परिबर्तनको युग भएको बताएका थिए ।उनले कुचो र झाडुको सम्बन्ध सफाई मात्र होइन भन्दै झाडु र कुचोले समुदायको भावनात्मक सम्बन्ध र एकता ल्याउने अस्त्र भएको बताएका थिए ।उनले यो अभियान राष्ट्रिय अभियानको रुपमा देशभर चल्नु पर्ने बताएका थिए । कार्यक्रममा चक्रपथ सफाई अभियान को भाबी योजना समेत प्रस्तुत गरिएको थियो भने सम्मान समेत गरिएको थियो ।