कामपा -६ बौद्धमा मामला जात्रा मनाइयो

कामपा -६ बौद्धमा मामला जात्रा मनाइयो

कपन अनलाइन

काठमाडौँ,माघ १९ ।

बौद्धनाथ स्तुपामा रहेको नेवार समुदायले अजिमा भनेर चिनिने र तामांग समुदायले माम ठकुरानी भनेर चिन्ने मामला जात्रा चन्द्र ग्रहणको  कारण माघ १७ गते बुधबार राति ९ बजे बाट मात्र सुरु भएको थियो ।उक्त जात्रामा धेरै मानिसहरु सहभागी भएका थिए।

माम ठकुरानिको रथ यात्रा बौद्दनाथ स्तुपमा एक कोरा गरेर पिपलबोट सम्म पुगेको थियो भने पुन उक्त रथलाई फर्काएर बौद्ध टुसाल लागि त्यहा वाट पुन बौद्द नाथ परिसरमा नै ल्याइएको थियो।परापुर्वकाल देखि चल्दै आएको एतिहासिक जात्राको निरन्तरता स्वरुप यसपटक पनि संचालन गरिएको युवा समाज सेबी नबिन बज्रले कपन अनलाइन लाइ जानकारी दिए ।

 

तपाइँको प्रतिक्रिया ।