भारतीय विदेशमन्त्री स्वराज काठमाडौँमा, पहिलो भेट ओलीसँग
कपन अनलाइन
काठमाडौं, १८ माघ । भारतीय विदेश मन्त्री सुष्मा स्वराज नेपालको दुई दिने भ्रमणका लागि केही बेरअघि काठमाडौं आइपुगेकी छन् । बिहीवार अपराह्न विशेष विमानबाट उनी यहाँ आइपुगेकी हुन् ।
त्रिभुवन विमानस्थलमा स्वराजलाई अर्थराज्यमन्त्री उदय शमशेर राणा र परराष्ट्र सचिव शंकर वैरागीले स्वागत गरे । स्वागतका लागि नेपालका लागि भारतका लागि राजदूत मञ्जिवसिंह पुरी पनि विमानस्थलमा पुगेका थिए ।
भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
साथै उनले आपसी हितका विविध विषयमा राजनीतिक दलका नेतासँग विचारविमर्श गर्ने बताईएको छ । बिहीबार बेलुका उनले भावी प्रधानमन्त्रीका रुपमा रहेका केपी ओलीसँग पहिलो भेटवार्ता गर्ने बताईएको छ । नेपाल बसाइका क्रममा भारतीय विदेशमन्त्री स्वराज सोल्टी होटलमा बस्ने छिन्।