हनुमान ढोका दरवार क्षेत्र – स्वयम्भु मन्दिर सम्पदा मार्ग निर्माणको पहल
कपन अनलाइन
काठमाडौ,माघ १५।
काठमाडौं क्षेत्र नं ८ का प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठको नेतृत्वमा हनुमान ढोका दरवार क्षेत्र देखि स्वयम्भु मन्दिर सम्म सम्पदा मार्ग निर्माण गर्ने तयारीका लागि अध्ययन भ्रमण भएको छ ।
श्रेष्ठ संगै अध्ययनमा युनेस्कोका प्रतिनिधि ,प्रदेस सभा सदस्य राजेस शाक्य ,वडा अध्यक्षहरु, हनुमान ढोका दरवार क्षेत्र समितिका प्रतिनिधीका साथमा स्थानिय्हरुको सहभगिता रहेको थियो।
प्रतिनिधि सभा क्षेत्रका सदस्य जीवनराम श्रेष्ठले यो एउटा सम्पदा सुचिमा सुचिकृत सम्पदा बाट अर्को सम्पदा सम्म निर्माण हुने सम्पदा मार्ग विस्वमा नौलो हुने र यसले मार्गका विभिन्न स्थानहरुको प्रवर्धन हुने बताए । निर्वाचन दौरानमा गरिएको प्रतिवदत्ता पुरा गर्ने क्रममा यो काम गरेको र क्षेत्रका अन्य स्थानमा पनि यस्तै नविन काम गर्ने योजना रहेको श्रेष्ठले बताए ।
तपाइँको प्रतिक्रिया ।