विकास निर्माण र समस्या समाधानका लागि टोल टोलमा अन्तरक्रिया गर्दैछौ :नवराज भट्टराई
कपन अनलाइन
काठमाडौ,माघ १३।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष नवराज भट्टराईले आफ्नो वडाका विकास निर्माण र वडावासीका विविध समस्या समाधानका लागि टोल ब्यापी रुपमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने बताएका छन ।
नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १० कमिटीले आयोजना गरेको मतदातालाई धन्यवाद कार्यक्रममा बोल्दै भट्टराईले आफ्नो वडामा रहेका समस्या र सम्भावना बारेमा अध्ययन गरिरहेको र ति अध्ययन बाट प्राप्त विषयमा अव जनता संग सिधा कुराकानी र अन्तरक्रिया गरेर ठोस योजना सहित वडालाई नमुना बनाउने अभियानमा लाग्ने बताए ।
उनले वडामा भौतिक विकासले मात्र नहुने भन्दै त्यस स्थानको सांस्कृतिक र सामाजिक पक्ष पनि मजबुत हुनु पर्ने बताए ।उनले आफु प्रदेस सरकार र केन्द्र सरकार संग समन्वय गर्दै वडालाई सम्मुनत बनाउन लागिरहेको बताएका थिए ।
उनले सोहि अवसरमा आफ्नो वडामा रहेका प्रतिभा र व्यक्तित्वहरुको प्रवर्धनका लागि पनि वडाले काम गर्ने योजना बनाएको बताएका थिए ।