कार्यक्रम तालिका निर्माण गरेर क्षेत्र नं ४ का टोल टोलमा जादैछु : डा.राजन भट्टराई
कपन अनलाइन
काठमाडौ,माघ १३।
नेकपा एमालेका केन्द्रिय सदस्य डा. राजन भट्टराईले काठमाडौं क्षेत्र नं ४ का प्रत्येक वडाका टोलहरुमा पुन तालिका बनाएर जाने बताएका छन ।बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा नेकपा एमाले वडा कमिटीले आयोजना गरेको भेटघाट तथा धन्यवाद ज्ञापन कार्यक्रममा उनले सो कुरा बताएका हुन्।
कार्यक्रममा भट्टराईले निर्वाचन परिणाम जस्तो आएपनि आफु क्षेत्रको विकासमा निरन्तर कृयाशील रहने र यस क्षेत्रमा हुने हरेक विकास निर्माणको काममा जन प्रतिनिधि संगै खट्ने बताएका थिए ।
उनले आफुले पराजय भोगे पनि निर्वाचनमा आफुले गरेका वाचा र प्रतिवादत्ता पुरा गर्ने गरि योजना बनाएर लाग्ने र त्यसमा केन्द्र र प्रदेशमा बन्ने सरकार संग समन्वय र सहकार्य गर्ने वातावरण निर्माण गर्न आफ्नो सकृय भूमिका रहने बताएका छन ।
उनले अवको यात्रा आर्थिक समृद्धि र विकासको भएकोले यसका लागि केन्द्रिय क्षेत्र , प्रदेस क्षेत्र र स्थानीय तह सम्मका योजना बनाउन आफ्नो शिप ,अनुभव र ज्ञान लगाउने प्रतिवादत्ता व्यक्त गर्दै निर्वाचनमा मत दिने र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।