न्हापांगु पलाः नामक संस्था द्वारा जेष्ठ आमाहरु सम्मानित
कपन अनलाइन
काठमाडौ,माघ ११।
न्हापांगु पलाः नामक संस्थाले नेपालमा बृद्धा आमाहरुको दुःख–सुखको कुरा गर्ने चौतारीको परिकल्पना अनुसार संस्थाकी शिला सायमीको संयोजनमा काठमाडौको मरुहिटी भगवतीबारी स्थित शान्ति निकुन्ज स्कुलको परिसरमा सम्मान कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्युक्रमको प्रमुख अतिथि ९८ बर्षिया वृद्द आमा मोहन देवी श्रेष्ठ रहेकी थिइन् भने सोहि कार्यक्रममा काठमाडौ क्षेत्र नं ८ का प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ ,प्रदेश सभा सांसद राजेश शाक्य तथा समानुपातिक प्रदेश सांसद जीवन डंगोललाइ समेत सम्मान गरिएको थियो।
उक्त सम्मान कार्यक्रममा इमेज च्यानलको नेपाल भाषा समाचार बाचक केके मानन्धर सहित वृद्द आमाहरुलाई लाइ पनि सम्मान गरिएको थियो।
उक्त सम्मान कार्यक्रमको संचालन बरिष्ठ संचारकर्मी निर्मल बज्राचार्यले गरेका थिए।
तपाइँको प्रतिक्रिया ।