सहकारी मैत्री अर्थतन्त्र मार्फत दिगो पर्यटन बिकास मेरो प्राथमिकतामा हुनेछ :प्रकास श्रेष्ठ (सदस्य ,प्रदेस नं ३ )
कपन अनलाइन
काठमाडौँ,माघ १०।
काठमाडौं निर्वाचन क्षेत्र नं७ प्रदेस क्षेत्र २ का प्रदेस सभा सदस्य प्रकाश श्रेष्ठले सहकारी मैत्री अर्थतन्त्र मार्फत दिगो पर्यटन बिकासको साथै आफ्नो क्षेत्रको विकास निर्माण र क्षेत्रको सम्वृद्धिको लागि भूमिका खेल्ने र निर्वाचनमा जनता संग गरेका वाचा र नेपालको इतिहासमा पाएको स्वर्णिम अवसरलाई मन वचन र कर्मले पुरा गर्ने बताएका छन ।
सपथ ग्रहण पश्चात कपन अनलाइनलाई प्रतिक्रिया दिंदै उनले प्रदेसमा बनाउनु पर्ने नियम ,कानुन,विधि र प्रक्रिया निर्माण गर्ने काममा सक्रिय हुने बताए । उनले आफ्नो क्षेत्रमा ६ वटा वडा मध्ये ३ वटा शहरीक्षेत्र र ३ वटा ग्रामिण क्षेत्र भएको हुनाले ग्रामिण क्षेत्रलाइ पर्यटक र कृषिको पकेट क्षेत्रको रुपमा अघि बढाउने बताए। साथै उनले खानेपानी सडक र रोजागरी सिर्जना गर्ने तर्फ काम गर्ने समेत बताए।
उनले निर्वाचनमा सहयोग गर्ने स्थानीय जनता मतदाताहरु सबैलाई धन्यवाद दिदै आगामी दिनमा प्रदेस सभामा गर्नुपर्ने काममा सक्रियता पुर्वक लाग्ने बताए ।