काठमाडौ ८ का प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ द्वारा डल्लुपुल-विजेश्वरी बाटो निरीक्षण

कपन अनलाइन 

काठमाडौ,माघ १०।

काठमाडौं क्षेत्र नं ८ का प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले डल्लुपुलबाट विजेश्वरी जाने बाटोलाई तत्काल कालो पत्रे गर्नको लागि निरिक्षण गरेका छन ।काठमाडौं महानगर पालिका वडा नं १५ का अध्यक्ष  ईश्वर मान डंगोल, स्थानीय ठेकेदार  र मेलम्चीका मिलन कुमार शाक्य सहितको टोलीले डल्लुपुलबाट डल्लु चौतारा जाने बाटोको पनि निरीक्षण गरेको थियो ।

बाटो निरीक्षण पश्चात सांसद श्रेष्ठले यथासिघ्र ति बाटो हरुको कालोपत्रे सम्पन्न गरेर सहज आवगमनको व्यवस्था गर्न निर्देशन दिएका थिए ।उनले बाटो निर्माणका साथै क्षेत्र का अन्य महत्वपूर्ण भौतिक निर्माण र सांस्कृतिक सम्पदा संरक्षणका कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका थिए ।

फोटो सौजन्य : निरज श्रेष्ठ

तपाइँको प्रतिक्रिया ।