सम्बन्धित निकायको ध्यान कहिले पुग्ने हो ? (पाठक चौतारी )
कपन अनलाइन
काठमाडौं,माघ ८।
यो दृष्य धेरै टाढाको होइन काठमाडौं महानगरपालिका वडा नं ७ देशको अति ब्यस्त सडक मध्ये चाबहिलको मुख्य सडक खण्ड पनि एक हो ।जहा बाट लाखौ सवारी साधनहरु दैनिक गुड्ने गर्छन।
चारैतिर भात्किएको सडक, ठुला ठुला खल्डा खुल्डि, अब्यबस्थित ढङले थुपारिएका निर्माण समग्री, धुवाँ, धुलोले राजधानी बासीलाई पिरोलेको छ । त्यस माथि यहाको ट्राफिक समस्या अर्को समस्या हो । धुलो धुँवले आजित काठमाडौं बासीलाई यो अब्यबस्थित तारहरुले अर्को समस्या थपिएको छ । राजधानीको कुनै पनि सडक, निर्माण कार्य भाई रहेको ठाउँ होस या अन्य कुनै ठाउँ यो तारले पदयात्रीलाई सताउने गरेको छ।
अव्यवस्थित टेलिफोन ,केबुल र बिजुलीका तारहरुको कारण कुनै पनि बेला दुर्घटना निम्तिन सक्ने तर्फ सम्बन्धित निकायहरु दूरसंचार,बिधुत प्राधिकरण र केवल वालाको ध्यान जान सकिरहेको छैन। दृश्यमा जस्तै अव्यवस्थित तारहरु चुडिएर कुनै पनि बेला ठुलो दुर्घटना निम्तन सक्ने छ। यसरी अव्यवस्थित तारहरुको कारणले पदयात्री हिड्दा अल्जिने लड्ने सम्भावना हुन्छ। त्यस्तै गरि यसले शहरी सौन्दर्य समेत बिगारेको छ, बेला बेलामा दृश्यमा देखिए जस्तै गरि तार चुडीएर दुर्घटना हुन सक्छ तथा धेरै प्रकारका तारहरु बाट उत्पन्न हुने चुम्बकीय तरङ्गका कारण राम्रो सिग्नल समेत प्राप्त गर्न सक्दैन।
तसर्थ चांडो भन्दा चांडो समस्या समाधानको लागि सम्बन्धित निकायको ध्यान जावोस र अस्त ब्यस्त तारहरु ब्यव्स्थापन होस् भन्ने अनुरोध गर्न चाहान्छौ।
कामपा वडा न ७ बासीहरु
फोटो सौजन्य : श्याम सागरको वालबाट