गोकर्णेश्वर नगरपालिका मकाल बारी टोल सुधार समितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

गोकर्णेश्वर नगरपालिका मकाल बारी टोल सुधार समितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं,माघ ८ ।

गोकर्णेश्वर नगरपालिका मकाल बारी टोल सुधार समितिले महानगरिय प्रहरी वृत वौद्धको सहकार्यमा समसामयिक विषय वस्तु केन्द्रित अन्तरक्रिया कार्यक्रम सम्पन्न  गरेको छ ।

उक्त कार्यक्रम  माकलबारीलाई सामाजिक अपराध शुन्य वनाउने सार्वजनीक यातायातको व्यवस्था गर्ने, ढल बाटो पुननिर्माण र विस्तार गर्ने मुख्य उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रम का प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे बिशेष अतिथि गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख शान्ति नेपाल प्रमुख सल्लाहकार दिपक रिसाल, प्रहरी प्रमुख बौद्धका डिएस पि. अचुत प्रसाद पुडासैनी, जया देवकोटा मल्टिपल क्याम्पसका प्रिन्सिपल भवनी प्रसाद पौडेल र माकलबारी स्थित संघ संस्थागतल प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले माकलबारीको शान्ति सुरक्षा ,फोहोर ,ढल ब्यबस्थापन र  माकाल बारी बाट चल्ने बाबा गोकर्णेश्वर र निलो  माइक्रो पार्किंग ब्यबस्थित गर्ने माग राखेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका का नगर प्रमुख सन्तोष चालिसेले माकलबारी टोल सुभार समितिलाई विशेष धन्यवाद दिदै यस्तो कार्यक्रमले समाजमा लुकेका घटना र विकास सम्बन्धि जानकारी हुने भएकाले समय समयमा समाजिक विषय वस्तुलाई लिएर कार्यक्रम गरिनु पर्ने बताएका थिए  । साथै सहभागीहरुको आक्रोस, अवस्था र गुनासो प्रति सधै सहकार्य गरी अघि बढ्ने समेत जानकारी दिए । नगरप्रमुख चालिसेले गोकर्णेश्वर नगरपालिका स्थिति सबै टोल सुधार समिति विकसित हुनु नै नगरपालिका विकसित हुने भन्दै त्यस तर्फ सबै जनाको सहयोग आवश्यक रहेको बताएका थिए। चालिसेले वागमतिको सौन्दर्यका लागि आफुले धेरै पहल गरि रहेको र गोकर्ण मन्दिर देखि  त्रिभुवन विमानस्थल सम्म पाँच वटा पुल निर्माण हुने जानकारी समेत दिएका थिए ।

सोहि कार्यक्रममा बोल्दै उप प्रमुख शान्त्ति नेपालले सबैको गुनासोहरुलाई सम्बोधन गर्दै आफु र नगरपालिका सबैलाई लिएर अघि बढ्ने आश्वसन दिएकी  थिइन  ।

त्यस्तै गरि कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाको  प्रमुख सल्लाहकार दिपक रिसालले सदैव नगरपालिको विकास,उन्नतीको लागि काम गर्ने प्रत्विद्धता जनाएका थिए ।

कार्यक्रमका  सभापति रहेका  माकलबारी टोल सुधार समितिका अध्यक्ष पेम्वा छिरिङ शेर्पाले उपस्थित सबैलाई धन्यबाद दिंदै टोल सुधार समिति सामाजिक कामको लागि सधै सबै संग हातेमालो गर्दै अघि बढ्ने बताउदै आगामी दिनमा पनि यी र यस्तै कार्यक्रम आयोजन गर्ने बताएका  थिए ।

फोटो सौजन्य : विकास चालिसे

 

तपाइँको प्रतिक्रिया ।