काठमाडौं ४ मा प्रदेस तर्फ नेपाली कांग्रेसबाट २ जना सांसद बने भने बाम गठबन्धनका कोहि परेनन्
कपन अनलाइन
काठमाडौ,माघ ५।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यलाई शुक्रबार निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।आयोग प्राङ्गणमा आयोजित समारोहमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उनीहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् ।
प्रदेशसभा सदस्यको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा भएको थियो । समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्यमा ४८ पुरुष र १७२ महिला गरी २२० जना निर्वाचित भएका छन् ।
काठमाडौं क्षेत्र नं ४ मा नेपाली कांग्रेस बाट २ जना प्रदेस सभा सदस्य बनेका छन भने नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाट कोहि पनि समानुपातिक तर्फ प्रदेस सभा बन्न सकेनन।
नेपाली कांग्रेस बाट पुर्व क्षेत्रीय सभापति न्युछे नारायण श्रेष्ठ र नेपाल तरुण दलकी पुर्व कार्यबाहक अध्यक्ष राधा घलेले सपथ लिएका छन ।बाम गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रका तर्फ बाट सिफारिस भएका सुन्दर पुर्कुटी र अमर विक ले यस पटक प्रदेस सभा सदस्य बन्ने मौका पाएनन्।
काठमाडौं क्षेत्र नं ४ मा अव नेपाली कांग्रेस बाट प्रतिनिधि सभा सहित ४ जना सांसद बनेका छन भने बाम गठ बन्धनको तर्फ बाट काठमाडौं क्षेत्र नं ४ प्रदेस २ मा निर्वाचित कुसुम कुमार कार्की मात्र सांसद रहेका छन ।
फोटो सौजन्य :राजेन्द्र महर्जन