बुनपा १३ लाई वर्षामा हुने समस्याको निकास वारे हिउदमा सोच्नु पर्यो नेताज्यू (पाठक चौतारी )

बुनपा १३ लाई वर्षामा हुने समस्याको निकास वारे हिउदमा सोच्नु पर्यो नेताज्यू (पाठक चौतारी )

कपन अनलाइन 

काठमाडौ,माघ ३ /टिकेश श्रेष्ठ

हुनत समय संगै निक्कै परिवर्तन भए तर पनि देशले दिने सुबिधा बाट धेरै पर अनी बन्चित राजधानीको  एउटा गाउको वारेमा लेख्दा धेरैलाई पत्यार नलाग्न सक्छ तर वास्तविकता यहि हो।

राजधानी बाहिरको ब्यक्तीको नजर बाट देखिने सुगम सुबिधा सम्पन्न शहर काठमाण्डौको एउटा गाउ जस्लाई परिभाषित  गर्दा प्राकृतिक सास्कृतिक भौगोलिक हिसाबले सम्म्पन्न धनी र कृषिको हिसाबले नि सबल चुनिखेल।

तर आज देशले मुहार फेर्दा पहिलो प्राथमिकतामा रहनु पर्ने बाटोको अवस्था चाही हरिबेजोग छ। काठमाडौंको कपन, चपली ,शिवपुरीको बिचमा रहेको गाउ चुनिखेल लाई बर्षाले धेरै ठग्ने गर्छ।

बर्ष को ६ महिना बाटो बन्द हुन्छ सम्बन्धित निकाय मौन छ । रास्त्रिय योजनामा परेको भन्छन ३ बर्ष भयो अवस्था यस्तै छ ।कपन देखी आउने बाटो पनि तेस्तै सुन्दर बस्ती मनकामना बाट आउने बाटो पनि तेस्तै मानबहादुर मार्ग स्पेसल बाट आउने बाटो पनि तेस्तै। चपली बाट आउने बाटो पनि तेस्तै । साचिक्कै भन्नु पर्दा चुनिखेल नाकाबन्दीमा नै परेकै जस्तो हुन्छ।

यसले गर्दा  सारै दु:ख पाउछन यहाँका जनताले । राजनीतिक उतार चडाव  पनि धेरै भए तर हिजो स्थानिय गाबिस हुदा जती भए तेती नै देख्छु।

कोही मै हुँ भन्ने नेता भनाउदाहरुले पनि केही गरेनन  यही क्षेत्र बाट पठाएका नेताहरु विद्या भण्डारी राष्टपती भईन , नन्द किशोर उपराष्टपती भए गगन स्वास्थ्य मन्त्री भए तर पनि चुनिखेल जिउका तिउ छ ।

अब मेरो प्रश्न अघील्लो बर्ष जे जे भए भए अब बाटो कहिले सम्म बन्छ नेता ज्युहरु ?

यस् ठाउ बाट बिजय हुनुभएका गगन थापा ,कुसुम कुमार कार्की ,न्हुच्छेनारायण श्रेष्ठ, उदब खरेल ,श्री कृष्ण श्रेष्ठहरुलाई म सोध्न चाहन्छु के फेरी यो वर्षातमा हामी नाकावन्दी झैँ बस्नु पर्ने हो ?

यस् समयमा केही पहल नगर्ने अनी बर्षाको समयमा पार्टी पार्टी बिच जुहारी खेल्दै मैले बिकास गरेको छु गर्ने छु भनी फेसबुके लडाईं लड्नेको के जनताले विश्वाश गर्ला ?

चुनाव अगाडि टेन्डरको कुरा पनि अली अलीसुन्नमा आएथ्यो खै अहिले त तै चुप मै चुप छन कानमा तेल हालेर बसेका छन सबै खै किन हो ?

यो मेरो कसै प्रति आक्रोस पटकै हैन यो त् आम चुनिखेल वासीको मनको भावना हो र बिगतमा भोगेको पीडाको सार हो । कलेज ,अफिस र अन्य महत्वपूर्ण कामको लागि जादा एकजोर फेर्ने लुगा लिएर हिड्नु पर्ने जस्तो परिस्थिति प्रति व्यंग्य पनि हो ।

यथा सिघ्र कम्तिमा  बाटो निर्माण हुनु पर्यो र चुनिखेललाई निकास चाहियो।

 

तपाइँको प्रतिक्रिया ।