तारेभिर क्षेत्रको विकास र समृद्दीको मुद्दा मेरो प्राथमिकतामा छ : कृष्ण राई
कपन अनलाइन
काठमाडौ,माघ २।
काठमाडौं क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्य कृष्ण राईले तारेभिर क्षेत्रको विकास र समृद्दी आफ्नो प्राथमिकतामा परेको बताएका छन ।चौथो तारेभिर महोत्सवमा बोल्दै राईले आफ्नो निर्वाचन क्षेत्र प्राकृतिक र सांस्कृतिक रुपमा निकै धनी रहेको भन्दै ति सम्पतिको उपयोग गर्दै क्षेत्रको समृद्दीको खाका कोर्न आफु लाग्ने बताएका हुन् ।
काठमाडौं जिल्ला कमिटिका अध्यक्ष समेत रहेका राईले काठमाडौको उत्तरी भेगको पर्यटन विकास गरेर आन्तरिक र बाह्य पर्यटक भित्राउने योजना निर्माण गर्न आफुले पहल कदमी लिने बताएका थिए ।त्यस्तै उनले पहिलो बाट चौथो सम्म आइपुग्दा तारेभिर महोत्सव निकै परिस्कृत बनेको भन्दै आगामी दिनमा हुने महोत्सव स्थानीय उत्पादनको प्रवर्धन अभियान हुनुपर्ने बताए ।
तामांग बाहुल्यता रहेको तारेभिर क्षेत्रमा पर्यटनका पूर्वाधार नहुदा पर्यटक आएर पनि केहि समय बसेर फर्किनु परेको भन्दै यस क्षेत्रमा होम स्टे र पर्यटन पूर्वाधार विकासका लागि काम गर्नु पर्ने र त्यसमा आफुले सहयोग गर्ने बताउदै राईले सडक निर्माण चाडै सम्पन्न गर्न लाग्नु पर्ने बताएका थिए ।