आयोगले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पाँच दललाई छलफलमा बोलायो
कपन अनलाइन
काठमाडौं, १ माघ । निर्वाचन आयोगले संघीय संसदलाई पूर्णता दिने क्रममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीलाई तीव्र बनाएको छ ।आगामी माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीका सन्दर्भमा दल दर्ता, निर्वाचन कार्यतालिका सार्वजनिक, निर्वाचन अधिकृत नियुक्ति र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
राजनीतिक दाउपेच र खिचातानीका कारण प्रदेश प्रमुख तोक्न ढिलाइ भएपछि निर्वाचन आयोगले मंगलबार पाँच दललाई बोलाएको छ ।प्रतिनिधिसभा सदस्य चुनवामा राष्ट्रिय दलको मान्यता पाएका एमाले, कांग्रेस, माओवादी, राजपा र संघीय समाजवादी फोरमलाई प्रदेश प्रमुख तोक्न ताकेता गर्न लागेको हो ।
आयोगले बुधबारसम्म प्रमुख नतोकिए राष्ट्रियसभा चुनावको कार्यतालिका प्रभावित हुने बताएको छ। उता सरकारले भने सहमति नभएपनि प्रदेशको अस्थायी केन्द्र र प्रदेश प्रमुख मंगलबारसम्म तोक्ने तयारी गरेको वाणिज्यमन्त्री मीन विश्वकर्माले जानकारी दिए ।