नवौं राष्ट्रिय ज्ञानमाला सम्मेलन एतिहासिक चारुमतीस्तुप ( धन्दो चैत्य ) चाबहिलमा सुरु

नवौं राष्ट्रिय ज्ञानमाला सम्मेलन एतिहासिक चारुमतीस्तुप ( धन्दो चैत्य ) चाबहिलमा सुरु

कपन अनलाइन

काठमाडौ,पौष २८।

बुद्ध धर्मको बिकास : ज्ञान मालाको निकास” भन्ने नाराका साथ नेपाल राष्ट्रिय  ज्ञानमाला समितिको नवौं  राष्ट्रिय  ज्ञानमाला सम्मेलन एतिहासिक चारुमती बुद्ध विहार र चारुमती ज्ञानमाला भजन संघको ब्यवस्थापनमा चारुमति स्तुप ( धन्दो चैत्य ) चाबहिलमा सुरु भएको छ ।

नवौं  राष्ट्रिय  ज्ञानमाला सम्मेलनको उद्घाटन भिक्षु धम्मसोभन महास्थबिरले गरेका थिए ।   उदेश्य सहितको मन्तब्य संरक्षक प्रा. सुबर्ण शाक्यले राखेका थिए भने सम्मेलन प्रतिबेदन ज्ञानमाला समितिका महासचिव शान्त कुमार चित्रकारले प्रस्तुत गरेका थिए । कार्यक्रममा धम्मदेसना सहित मन्तब्य  भिक्षु  तपस्सी धम्मले राखेका थिए । नवौं  राष्ट्रिय  ज्ञानमाला सम्मेलनमा सहभागीहरुलाई स्वागत मन्तब्य ब्यव्स्थापन सदस्य श्रीमती अनूप सिं डंगोलले गरेकी थिइन् भने  कार्यक्रम संचालन ज्ञानमाला समितिका पुर्व महासचिव अमिरमान  शाक्यले गरेका थिए । सम्मेलन कार्यक्रमको सभापतित्व केन्द्रीय अध्यक्ष किरणकुमार जोशीले गरेका थिए भने सहभागीहरुलाई धन्यवाद ज्ञापन सम्मेलन ब्यव्स्थापन सचिव परमानन्द शाक्यले गरेका थिए ।

नवौं  राष्ट्रिय  ज्ञानमाला सम्मेलनको उद्घाटन कार्यक्रममा काठमाडौँ क्षेत्र नं.४ प्रदेश १ प्र्देशसभा सदस्य नरोत्तम बैध, काठमाडौँ महानगरपालिका उपमेयर हरिप्रभा खड्की,कामपा वडा नं.७ का अध्यक्ष सुद्ध कुमार डंगोल,नेपालकालागि श्रीलंका का राजदूत लगाएत  ज्ञानमाला समितिका पदाधिकारीहरु,सदस्यहरु,सम्मेलनका सहभागीहरु र स्थानीयबासीहरुको उपस्थित रहेको थियो ।

बुद्धको ज्ञानलाई भजनका माध्यमबाट माला जस्तै गरि फैलाउने उदेश्यले गठित नेपाल राष्ट्रिय  ज्ञानमाला समितिको सम्मेलनका अवधिमा भजन, पोसाक छलफल,गोष्ठी, बुद्ध पुजा, नेपालमा ज्ञानमाला भजन :एक विवेचना कार्यपत्र, धर्मदेसना, दिपयात्रा ,सास्कृतिक कार्यक्रम लगाएत बिभिन्न कार्यक्रम हुने आयोजकले जानकारी दिएका छन् ।

पौष २७ देखी सुरु भएको सो सम्मेलन पौष २९ गते सम्म चल्ने छ । देशभरका ४८ वटा  ज्ञानमाला संग समन्धित संस्थाका प्रतिनिधिहरु सहभागी रहेको सम्मेलन कार्य समितिको निर्वाचन गर्दै समापन हुने छ ।

फोटो सौजन्य : हेम डंगोल चाबहिल

तपाइँको प्रतिक्रिया ।