चौथो तारेभिर महोत्सब तयारी भेला सम्पन्न

चौथो तारेभिर महोत्सब तयारी भेला सम्पन्न

कपन अनलाइन 

काठमाडौ,पौष २५ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ३ को वडा कार्यलय बालुवामा चौथो तारेभिर महोत्सब  माघ १ र २ गते संचालन गर्न  हाल सम्म गरिएको तयारी र आगामी दिनमा गर्नु पर्ने कार्यको बारेमा मूल समारोह समितिका अध्यक्ष ,वडा सदस्यहरु ,बुद्दिजिबि एबम विभिन्न राजनैतिक दलका स्थानीय नेता कार्यकर्ताहरुको उपस्थितिमा  भेला सम्पन्न भएको छ ।

उक्त भेलाको प्रमुख अतिथि काठमाडौँ निर्वाचन क्षेत्र नं ३ का प्रदेश सभा सदस्य रामेश्वर फुयाल रहेका थिए भने कार्यक्रमको सभाध्यक्षता गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र भण्डारीले गरेका  थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रामेश्वर फुयालले साझा अभियानको रुपमा तारेभिर पर्यटन महोत्सब बनोस भन्ने शुभकामना दिदै सबै जातिको ,भाषाको ,धर्मको ,हिमाल ,पहाड तराई को छाया त्यहा मुहारहरु देखियोस त्यसका लागि जे जे सम्भावना रहेको छ।

त्यो सबै सम्भावनाको सांस्कृतिक पक्ष ,जातीय ,धार्मिक पक्ष लाइ समेट्नु पर्ने बताएका थिए। पुराना समान हाम्रा पुर्खाले आर्जेका बिषयहरु केके  छन् सबै त्यहा प्रदर्शनीमा राख्न आग्रह गरेका थिए  ।

माघ को १ गते  तारे भिरमा फहराएको झण्डा  एक वर्ष सम्म नेपालको सबै भन्दा ठुलो झण्डा  रहेको बताएका थिए। साना कुरा नै पछि ठुलो हुने बताउदै  सुरुमा गरिएका  नया कामहरु नपत्यौन सक्छन  तर हामीले बिस्तारै त्यसलाई निरन्तरता दिंदै जानु पर्ने बताएका थिए।

उनले  यस्तो अभियान हजारौ वर्ष चल्ने अभियान बनाउन पर्ने बताए।  उनले  महोत्सब २ दिनको भए पनि अन्य कार्यक्रम ५ दिनको भएको बताए।

पहिलो दिन प्रचार प्रसार,पत्रकार सम्मेलन २८ गते १२ बजे ,तस्बिरमा तारेभिर साहित्यिक कार्यक्रम  ,सहित १ गते र २ गते तारेभिर महोत्सब गर्न लागिएको जानकारी दिएका थिए । उनले पर्यटन बोर्डलाई पनि तारेभिर लाइ पर्यटकीय केन्द्रबिन्दु तय गरिदिनको लागि अनुरोध गर्ने बताएका थिए । उनले माघ १ गते तारेभिर पर्यटन  महोत्सब, फागुन  ७ गते कागेश्वोरी  पर्यटन महोत्सब, वैशाख १ गते मणिचुड  पर्यटन  महोत्सब हुने  बताएका थिए ।

उक्त कार्यक्रममा बोल्दै तरेभिर पर्यटन महोत्सवका संयोजक हर्क बहादुर तामांगले तारेभीर क्षेत्रको आर्थिक ,सांस्कृतिक र भौतिक विकास गरि सो क्षेत्रलाई प्रवर्धन गर्ने हेतुले सुरु गरिएकोले काठमाडौं उपत्यकाको उत्तरी भागको पहिचान स्थापित गर्न सफल हुने विस्वास व्यक्त गर्दै  तारेभिर महोत्सबको तयारी र हाल सम्म गरिएका कामको बारेमा बताएका थिए।

त्यस्तै गरि तारेभिर महोत्सब समितिका सल्लाहकार उद्दब बिष्टले कार्यक्रम गर्दै जाँदा पहिलो दोस्रो र तेस्रो महोत्सब गर्दा  मनिसहरुमा जुन खालको उत्साह थियो त्यो चौथो सम्म आइपुग्दा  अझ बढेको   र तारेभिरको  हिजोको अवस्था र आजको अवस्थामा धेरै  अन्तर आएको ।  गोकर्णेश्वर नगरपालिकाको मात्र नभएर तारेभिर सिंगो काठमाडौँ  उपत्यकाको शिर भएको  हुनाले  पर्यटकीय दृष्टिकोणले महत्व बोकेको ठाउ भएको बताएका थिए।

त्यस्तै गरि सभाध्यक्षको आसन बाट बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र भण्डारीले  तारेभिर महोत्सब पहिलो दोस्रो र तेस्रो गर्दै जाँदा खेरि भएका कमि कमजोरी बाट पाठ सिक्दै जानु पर्ने बतएका थिए। उनले तारेभिर महोत्सवले गर्दा तारेभिर क्षेत्रमा आउने पर्यटक बढेको र त्यसले स्थानीयहरुको आय श्रोतमा समेत बृदी भएकोमा खुसि ब्यक्त गरेका थिए।  उनले अव तारेभीर उपत्यकावासीको भ्रमण गन्तव्य बन्ने भन्दै यस क्षेत्रको विकासमा आफ्नो तर्फ बाट गर्ने सहयोग सदैब रहने बताएका थिए ।

कार्यक्रम संचालन कृष्ण बहादुर बिष्टले गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।