गोकर्णेश्वर महादेव मन्दिरमा बागमती गङ्गा आरती गरियो

गोकर्णेश्वर महादेव मन्दिरमा बागमती गङ्गा आरती गरियो

कपन अनलाइन

काठमाडौ,पौष २५ ।

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिको आयोजनामा  गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा बागमती गङ्गा आरती पौष महिनाको २४ गते उत्साहजनक सहभागितामा सम्पन्न भएको छ ।

बिगत  ८ महिना देखि प्रत्येक महिना को अन्तिम सोमबार हुँदै आएको बागमती गङ्गा आरती  धार्मिक परम्परालाइ जोगाउनुको साथै गोकर्णेश्वर महादेव मन्दिर संरक्षण गर्ने उदेश्यका साथ्   २०७४ जेठ महिनाको २६ गते अन्तिम सोमबार सुरु गरिएको थियो ।

उक्त गङ्गा अरतिमा बिधिबत  रुपमा संयोजक इश्वर पाण्डे ,उप संयोजक गोपाल कारंजित ,सचिब रोजिता बिष्ट (भण्डारी ) उप सचिब रामकृष्ण श्रेष्ठ ,कोषाध्यक्ष ज्योति भट्ट ,उप कोषाध्यक्ष अम्बिका निरौला लगायत अन्य सदस्यहरु रहेका छन  जेठ महिनाको अन्तिम सोमबार गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे,उप प्रमुख शान्ति नेपाल समाज सेबी ,स्थानीयबासिन्दाहरुको  उपस्थितिमा प्रथम पटक गङ्गा आरती सुरु गरिएको गङ्गा आरतीले हिजो पौष २४ गते अन्तिम सोमबार पनि निरन्तरता पाएको छ ।

हिजो भएको पौष महिनाको  गङ्गा आरतीमा प्रमुख अतिथि  काठमाडौँ निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधि सभामा बिजयी भएका सभासद कृष्ण राइ रहेका थिए। त्यस्तै गरि प्रदेश सभा ख बाट बिजयी भएका सभासद रामेश्वर फुयाल ,कार्यक्रमको सभापतित्व गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठले गरेका थिए।

उक्त गङ्गा आरतीमा स्थानीयबासिन्दा , समाजका लब्धप्रतिष्ठित ब्यक्तिहरुको उल्लेख्य उपस्तिथी रहेको थियो।  उक्त गङ्गा आरतीमा काठमाडौँ निर्वाचन क्षेत्र नं ३ बाट बिजयी भएका सभासद्लाई बधाई शुभकामना एब सम्मान गरिएको थियो ।  कार्यक्रम संचालन गङ्गा आरतीका संयोजक इश्वर पाण्डे ले गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य कृष्ण राइले गोकर्णेश्वर लाइ धार्मिक पर्यटकीय क्षेत्र बनाउनुपर्ने बताउदै आफ्नो तर्फ बाट सधै सकारात्मक सहयोग रहने बताएका थिए।

सोहि कार्यक्रममा बोल्दै प्रदेश सभासद रामेश्वर फुयालले बागमती र राजनीति सफा राख्नु पर्ने बताउदै एतिहासिक  गोकर्णेश्वर मन्दिर लाइ बिश्व सम्पदा सुचिमा राख्नु पर्ने जोड दिएका थिए ।

त्यसको लागि आफुले पहल गर्ने र त्यो काम गर्नको लागि सबैको साथ् र सहयोगको आवश्यकता रहेको बताएका थिए ।साथै उनले माघ १ गते तरेभिर महोत्सबमा सहभागी हुन अनुरोध समेत गरेका थिए ।

सभाध्यक्षता को आसन बाट बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठले गोकर्णेश्वर महादेव मन्दिर ऐतिहासिक र गोकर्णको पहिचानको रुपमा रहेको हुनाले त्यसको संरक्षण गर्नु पर्ने बताउदै  मन्दिरको छाना फेर्ने उदेश्यका साथ्  महायज्ञ गर्न लागेको बताएका थिए ।

अपराह्न ४ बजे बाट भजन किर्तन सहित सुरु भएको उक्त गङ्गा आरतीको पौष महिनाको कर्ताको रुपमा अत्तरखेल निवासी लक्ष्मी बस्नेत रहेकी थिइन। आगामी गङ्गा आरती माघ महिनाको अन्तिम सोमबार हुनेछ ।

फोटो सौजन्य : सरोज बस्नेत

 

तपाइँको प्रतिक्रिया ।