मौसमविद् भन्छन्ः अझै चिसो बढ्छ
कपन अनलाइन
काठमाडौं, २२ पुस । चिसोका कारण तराईको जिल्लाहरुमा जनजीवन प्रभावित भएको छ । चिसोले कठ्याग्रिंएर पूर्वी तराई नौ जनाको मृत्यु भएको छ ।
विपन्न परिवारका अधिकांश नागरिकमा विभिन्न स्वास्थ्य समस्या पनि देखिएको छ । यसैबीच मौसम पुर्वाअनुमान महाशाखाले अझै चिसो बढ्न सक्ने भएकाले समयमा नै सचेत रहन आग्रह गरेको छ ।
मौसमविद् शान्ति कँडेलका अनुसार अबको दुई सातासम्म लगाचार चिसो बढ्न सक्छ । उच्च पहाडी क्षेत्रमा हिमपात हुनसक्ने र तराईका क्षेत्रमा शितलहरको मात्रा अझै बढ्न सक्ने भएकाले सचेत रहन कँडेलको आग्रह छ ।
तपाइँको प्रतिक्रिया ।