भक्तपुरमा भ्यानको ठक्करबाट ३ महिने बालिकाको मृत्यु
भक्तपुरको पाण्डुबजार सुन्दर बस्तीमा भ्यानको ठक्करबाट ३ महिने बालिकाको मृत्यु भएको छ । बा १० च ४९ २९ नम्बरको भ्यानले काभ्रे घर भई हाल पाण्डुबजार बस्ने ११ वर्षिया लक्ष्मी घ्यावा तामाङ्गलाई ठक्कर दिएको थियो ।
भ्यानको ठक्करबाट लक्ष्मी घ्यावाले बोकेकी उनकी बहिनी खुसी घ्यावा खसेर गम्भीर घाइते भएकी थिईन् । घाईते बालिकाको उपचारको क्रममा सिद्धि स्मृति अस्पताल भक्तपुरमा मृत्यु भएको हो। घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
तपाइँको प्रतिक्रिया ।