सिद्धेश्वर योग साधना केन्द्र र संगीत कुन्ज नेपालको बनभोज कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौ,पौष १५।
सिद्धेश्वर योग साधना केन्द्र र संगीत कुन्ज नेपालले बनभोज कार्यक्रमको आयोजना गरेको छ । शंखरापुर नगरपालिकाको सलंभुटारमा भएको बनभोज कार्यक्रममा काठमाडौं क्षेत्र नं ४ प्रदेस २ का प्रदेस सभा सदस्य कुसुम कुमार कार्की , योग साधना केन्द्रका सदस्यहरु ,कलाकार लगायतको उपस्थिति रहेको थियो।
बुढानिलकण्ठ नगरपालिकाका विभिन्न स्थानमा योग सिविरहरु संचालन गर्दै आएको यस केन्द्रले अन्य सामाजिक कामहरु पनि गर्दै आएको छ । यसका साथै योग र संगीतलाई जोड्ने उदेश्यले संगीत कुन्ज स्थापना गरेर प्रशिक्षण र संगीत उत्पादन कार्य गर्दै आएको यस केन्द्रको पहलमा युवा शशक्तिकरणका लागि आशा नामक संस्था स्थापना गर्ने पहल सुरु गरिएको केन्द्रकी अध्यक्ष कमला पाण्डेले बताइन ।
तपाइँको प्रतिक्रिया ।