इरानमा प्रदर्शन जारी, ५२ जना पक्राउ

कपन अनलाइन 

तेहरान,१५ पुस। इरानमा मुल्य वृद्धिका विरुद्धमा भएको प्रदर्शनका क्रममा ५२ जनालाई पक्राउ गरिएको अधिकारीहरुले शुक्रबार बताएका छन । इरानको दोस्रो ठुलो सहर मस्साड र अरु ठाँउमा सयौँ प्रदर्शनकारीले विहीबार पनि सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका थिए। उनीहरुले देशमा आर्थिक समस्या गहिरिँदै गएको र सरकारले त्यसलाई नियन्त्रणमा लिन नसकेको बताउँदै प्रदर्शन गरेको बताएका छन् ।

प्रदर्शन सिधै राष्ट्रपति हसन रौहानी नेतृत्वको सरकारका विरुद्धमा लक्षित रहेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।मस्साडको क्रान्तिकारी अदालतका प्रमुख हुसेन हैदरीले ‘निस्ठुर नाराबाजी’ गरेकाले केही व्यक्तिहरुलाई पक्राउ गरिएको बताए ।‘हामी प्रदर्शनकारीहरुको अधिकार प्रति सम्वेदनशिल छौं, तर केही व्यक्तिहरुले आफ्नो अधिकार र मर्यादा नै नाघेकाले सरकारले आफ्नो जिम्मेवारी निर्वाह गर्नु परेको हो,’ हैदरले भने ।

प्रदर्शनकारीहरूले मस्साडमा गरेको प्रदर्शनको नजरको टेलिग्राम च्यानलले देखाएको छ । एउटा महत्वपूर्ण धार्मिक क्षेत्रमा उनीहरू भेला भएको र भजन कृतन गरिरहेको दृश्यहरूमा देखिएको छ ।नजरले याज्ड, शाह्रोड, कास्मरलगायतका साना शहरहरूमा पनि प्रदर्शनकारीहरूले विरोध जनाएको समाचार आएका छन् ।

प्रदर्शनकारीहरूले गरेको प्रदर्शनको भिडियोहरू सामाजिक सञ्जालहरूमा समेत देखिएका छन् ।गत हप्ता देखि अण्डाको मुल्य दोब्बर भएको छ । आन्दोलन निकै तल्लो तहबाटै उठेको स्थानीय एक सांसदले बताएका छन् ।‘यहाँ मुख्य समस्या अवैधानिक आर्थिक संस्थाहरुका कारण सृजना भएको छ,’ मस्साड नजिकैको नेशाबर सहरबाट प्रतिनिधिन्व गर्ने हमिद गर्माबीले भने ।

पुर्व राष्ट्रपति मोहम्मद अहमदिनेजादको कार्यकालमा सन् २००५ देखि २०१३ सम्म अत्यधिक अनाधिकृत संस्थाहरु खुलेका थिए ।

तपाइँको प्रतिक्रिया ।