वातावरण संरक्षणमा बुनपा ३ को पहल ,वडाका खम्बाहरुमा हरियो रङ
कपन अनलाइन
काठमाडौ,पौष १५।
बूढानीलकण्ठ नगरपालिका वडा नं ३ को शहरी सौन्दर्यताका लागि वडाको योजना मुताविक सफाई परियोजना अन्तर्गत प्राथमिक चरणमा वडा नं ३ स्थित सडकका किनारामा रहेका हरेक खम्बाहरुमा रंग्याईएको छ ।
बुढानिलकण्ठ मन्दिरलाई विश्व सम्पदा सुचिमा राख्न पहल थालिएको र त्यसको लागि यस अभियानले सहयोग गर्ने वडा नं ३ का अध्यक्ष बाल कृष्ण श्रेष्ठले बताए ।
उनले यो अभियान नियमित गर्ने र काठमाडौं उपत्यकाको मनोरम स्थान बुढानिलकण्ठ लाई पर्यावरण र मानव श्रोतको हिसावले नमुना बनाउने लक्ष्य रहेको बताए ।
वडा नं ३ को यो अभियानमा बूढानीलकण्ठ क्षेत्र विकास समितिका सदस्य-सचिव मनोज कुमार श्रेष्ठ, वातावरण संरक्षण अभियान नेपाल
( ECI,Nepal ),दिनेश श्रेष्ठ,राजेन्द्र श्रेष्ठ,सविन प्रधान,सुरेश कुँवर,उमेश नगरकोटी लगायतको सकृय सहयोग रहेको वडाले जनाएको छ ।
तपाइँको प्रतिक्रिया ।