सुशासन प्रवर्द्धनको मुख्य बाधक भ्रष्टाचार : प्रमुख आयुक्त बस्न्यात

सुशासन प्रवर्द्धनको मुख्य बाधक भ्रष्टाचार : प्रमुख आयुक्त बस्न्यात

कपन अनलाइन 

बर्दिवास, १४ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले सुशासन प्रवद्र्धनको मुख्य बाधक भ्रष्टाचार भएकाले यसका विरुद्ध सङ्गठित प्रयत्नको खाँचो रहेको बताएका  छन् ।

महोत्तरीे बर्दिवास–३ गौरीडाँडास्थित आयोगको प्रशासनिक भवनको शुक्रबार शिलान्यास गर्दै उनले भने –’भ्रष्टाचारविरुद्धको अभियानमा सबैको सहभागिता आवश्यक रहेको छ ।’

प्रमुख आयुक्त बस्न्यातले आयोगले आफ्नो तहबाट भ्रष्टाचारविरुद्ध अभियान चालेको बताउँदै भ्रष्टाचारका बिषय सबै क्षेत्रको साझा प्रयत्नले मात्र निर्मूल गर्न सक्ने भएकाले यसमा आम चासो बढाउन आवश्यक छ भने ।

आयोगले भ्रष्टाचारविरुद्ध सचेतना अभिवृद्धि र तत्काल कारबाही बढाउन सजिलो होस् भनेर मुलुकका विभिन्न ठाउँमा कार्यालय स्थापना गर्ने अभियानका क्रममा बर्दिवासमा नयाँ प्रशासनिक भवन बनाउन लागिएको कार्यक्रममा जानकारी गराइयो ।

बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित १३ कठ्ठा आठधुर क्षेत्रफलमा रु १३ करोड ९० लाख ६४ हजार १२७ को लागतमा सो भवनको निर्माण कार्य शुरु गरिएको बर्दिवासस्थित आयोगको कार्यालयले जनाएको छ ।

सुरक्षाकर्मी आवासका लागि एउटा तीन तल्ले र प्रशासनिक भवनका लागि अर्को दुई तल्ले भवन निर्माण हुनेछ । दुवै भवनमा गरी २० कोठा हुनेछन् ।

तपाइँको प्रतिक्रिया ।