गोकर्णेश्वर नगरपालिका वडा नं ३ खुला दिशा मुक्त घोषणा
कपन अनलाइन
काठमाडौ,पौष १३।
गोकर्णेश्वर नगरपालिका वडा नं ३ खुला दिशा मुक्त घोषणा भएको छ ।नेपाल सरकार सरसफाई गुरुयोजना २०६८ खुला दिशा मुक्त राष्ट्रिय कार्यक्रम अन्तर्गत यो घोषणा गरिएको हो ।
गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसेको आतिथ्यतामा भएको सो कार्यक्रममा वडा नं ३ का अध्यक्ष राजेन्द्र कुमार भण्डारीको सभाध्यक्षता रहेको थियो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं १ का अध्यक्ष राम मान्नधर, वडा नं ४ का अध्यक्ष श्री कुमार श्रेष्ठ, वडा नं ७ का अध्यक्ष केशव गुरुङ, कार्यालय प्रमुख भुपेन्द्र बोहोरा र खुला दिशा मुक्त अभियानका नगर संयोजक द्वारिका चालिसे लगायतको उपस्थिति रहेको छ ।
कार्यक्रममा बोल्दै चालिसेले खुला दिशा मुक्त घोषणा गर्न सहयोय पुर्याएका सबै जनप्रतिनीधि, संघ संस्था र यस अभियानमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सम्पुर्ण व्यक्तित्वहरुलाई धन्यबाद ज्ञापन गरे्का थिए ।
उनले खुला दिशा मुक्त क्षेत्र घोषणा भएता पनि सार्वजनीक शौचालय नभएको गुनासो आएकोले छिटै नै ९ वटै वडामा सार्वजनिक शौचालय निर्माण हुने जानकारी दिएका छन् ।कार्यक्रममा छिमेक समाज सेवा सस्था, सहकार्य गोकर्णेश्वर नगरपालिका ग्रामिण खानेपानी तथा सरसफाई
नाट्यश्वरी टोल विकास समाज, नाट्यश्वरी नेवा वासुरी खल, श्री देवी वालसुधार मा.वि, परिवर्तानका लागी आमा समुहहरुको सामुहिक उपस्थिति रहेको थियो ।
फोटो सौजन्य :विकास चालिसे