सिन्धुपाल्चोकको सिंधुकोट र तालामाराङमा ३ वर्षे सामुदायिक उत्थान आयोजना संचालनका लागी सम्झौता

सिन्धुपाल्चोकको  सिंधुकोट र तालामाराङमा ३ वर्षे सामुदायिक उत्थान आयोजना संचालनका लागी सम्झौता

कपन अनलाइन 

सिन्धू पाल्चोक ,पौष १३

नेपालका विभिन्न जिल्लाहरुमा बाल बालिका र अन्य क्षेत्रको शशक्तिकरण मा लामो समय देखि क्रियाशील रहेको संस्था चाइल्ड नेपाल (ChildNepal) र साल्भेसन मिसन (Salvation Mission) विच सिन्धुपाल्चोक जिल्लाका सिंधुकोट र तालामाराङमा ३ वर्षे सामुदायिक उत्थान आयोजना संचालनका लागी सम्झौता भएको छ ।

यस सम्झौताको कार्यन्वयनका का लागि जिल्ला समन्वय समिति सिन्धुपाल्चोक बाट पूर्वसहमतिस्वरूप् त्रिपक्षीय सम्झौतामा दस्तखत सम्पन्न भएको छ।सो सम्झौता पत्रमा जिल्ला समन्वय समितिका अध्यक्ष  कृष्णगोपाल तामाङ, साल्भेसनमिसनका केशव शर्मा र चाइल्ड नेपालका अध्यक्ष कृष्ण सुवेदीले हस्ताक्षर गरेका छन।

यस  ४ करोड १४ लाख को आयोजनाको व्यवस्थापन र संचालन  चाइल्ड नेपालले गर्ने छ भने आर्थिक सहयोग साल्भेसन मिसन (Salvation Mission) ले उपलव्ध गराएको छ।

साल्भेसन मिसनले महा भूकम्प २०७२ पछाडी यस क्षेत्रमा करिव १ करोड ४३ लाख बरावरको न्यानो कपडा वितरण गरेको थियो।

यो आयोजना त्यस क्षेत्रका स्थानीय जनताहरुको शशक्तिकरण र क्षेमता अभिबृदी गरेर सक्षम बनाउनका लागि संचालन गरिने चाइल्ड नेपालका अध्यक्ष कृष्ण सुवेदीले बताए ।

 

 

 

तपाइँको प्रतिक्रिया ।