राष्ट्रियसभा गठन विषयमा मिल्न दलहरुलाई आग्रह : राष्ट्रपति भण्डारी
कपन अनलाइन
काठमाडौं, ९ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनका लागि दलहरुबीच सहमति र सहकार्य जरुरी रहेको बताएकी छन् ।
राष्ट्रपति कार्यालय, शीतल निवासमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठसँगको भेटमा उनले संविधान र कानूनअनुसार राष्ट्रियसभाको निर्वाचन गर्नका लागि दलहरु मिलेर जानका लागि आह्वान गरिन् । ‘राष्ट्रियसभाको निर्वाचनका लागि दलहरु मिल्नाको विकल्प छैन,’ राष्ट्रपतिलाई उद्धृत गर्दै राष्ट्रपति कार्यालयका सञ्चारविज्ञ माधव शर्माले भने ।
राष्ट्रियसभा गठन गर्न बहुमतीय कि एकल संक्रमणीय निर्वाचन प्रणाली अपनाउने भन्ने विषयमा दलबीच विवाद रहँदै आएको छ
तपाइँको प्रतिक्रिया ।