नेफ्स्कूनको २६ औं साधारणसभाबाट विभिन्न संस्था तथा व्यक्तित्वहरू सम्मानित
कपन अनलाइन
काठमाडौ,पौष ८।
नेफ्स्कूनको २६ औं बार्षिक साधारणसभामा अन्तराष्ट्रिय ब्राण्ड (एक्सेस) प्राप्त १९ र राष्ट्रिय ब्राण्ड (प्रोवेशन) प्राप्त १४ वटा बचत तथा ऋण सहकारी संस्थाहरूलाई ब्राण्ड प्रदान गरिएको छ । आ.ब. २०७३/०७४ को प्रोवेशन ब्राण्ड प्राप्त साकोसहरूमा काठमाडौंको महिला शक्ति, धादिङको श्रोत परिचालन, चितवनको ग्रामिण, चित्रवन, प्रभात दिदीबहिनी, दीपज्योति र भरतपुर साकोस, त्यसैगरी रुपन्देहीको देवदह र कोलिया साकोस, नवलपुरको नवप्रगति र परोपकार साकोस, नवलपरासीको ग्रामिण, सल्यानको ग्रामिण, बर्दियाको सृजना साकोस रहेका छन् ।
देशभरिबाट उत्कृष्ट साकोसहरुमा बुडोल सामुदायिक साकोस, काभ्रे र महिलाहरुबाट मात्र सञ्चालित नमुना महिला साकोस, रुपन्देही, उत्कृष्ट जिल्ला बचत संघमा जिल्ला बचत संघ बागलुङ्ग, संस्थापक अध्यक्ष पुरस्कार महिलातर्फ सावित्री धौबडेल, भक्तपुर, पुरुषतर्फ भरत प्रसाद शर्मा, काभ्रे, नेफ्स्कून अग्रज व्यक्तित्व सम्मानबाट भेषनारायण दाहाल, काठमाण्डौ र अमृता सुब्बा, सुनसरी सम्मानित हुनुभएको थियो ।
प्रादेशिक उत्कृष्ट सहकारीहरूमा प्रदेश नं. १ बाट सुनपकुवा साकोस, मोरङ्ग, प्रदेश नं. २ बाट सगरमाथा साकोस, बारा, प्रदेश नं. ३ बाट शुभकामना साकोस, भक्तपुर, प्रदेश नं.४ बाट नवप्रगति साकोस, नवलपरासी, प्रदेश नं. ५ बाट ग्रामिण साकोस, नवलपरासी, प्रदेश नं.६ बाट जनहितकारी साकोस, सुर्खेत र प्रदेश नं.७ बाट जीवनज्योति साकोस, बैतडीले पुरस्कार ग्रहण गरेका थिए ।
त्यसैगरी नेफ्स्कून विद्वता पुरस्कार ज्ञानेन्द्र प्रसाद पौडेल (पी.एच.डी.), बागलुङ्ग, नेफ्स्कून राईफाईसन क्रेडिट युनियन पुरस्कार एशियाली ऋण महासंघ, थाईल्याण्ड, उत्कृष्ट व्यवस्थापक पुुरस्कार तर्फ कल्याणकारी साकोस ललितपुरका व्यवस्थापक कुमार खत्री र नेफ्स्कून उत्कृष्ट कर्मचारीमा संघका कार्यक्रम विभाग प्रमुख गणेश प्रसाद तिमल्सिना पुरस्कृत हुनुभएको थियो ।
नेफ्स्कून प्रशंसा पुरस्कार तर्फ नेकोस प्लस सफ्टवयर हाम्रो जनकल्याण साकोस, दोलखा, अन्तरलगानी तर्फ किसान कल्याण साकोस, सुनसरी, सहकारी सदस्य सुरक्षा योजना तर्फ रमाईलो साकोस, मोरङ्ग, लघुवित्त कार्यक्रम तर्फ सिद्धार्थ साकोस, कपिलवस्तु पुरस्कृत भएका थिए ।
समाचार साभार :नेफ्स्कुन खवर डट कम