५० हजार घुस सहित इन्जिनियर गोविन्दप्रसाद भुर्तेल पक्राउ
कपन अनलाइन
पोखर,पौष ४
सिंचाई विकास डिभिजन, कास्कीमा कार्यरत इन्जिनियर गोविन्दप्रसाद भुर्तेलले कार्य अनुभव-पत्र बनाइ दिने प्रयोजनको लागि सेवाग्राहीसँग विभिन्न बहानामा सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने उजुरी एवम् निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिइ गएको टोलीले निज इन्जिनियर गोविन्दप्रसाद भुर्तेललाई घुस बापतको रु.५०,०००/- (पचास हजार) लिइसकेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले बिगो रु.५०,०००/- (पचास हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।