घुघुरकोट पुर्ण जन्मदर्ता र आधारभुत शिक्षा युक्त वडा घोषणा
कपन अनलाइन
अछाम,पौष २ /एकेन्द्र महता
साँफेबगर नगरपालिका वडानम्वर १० घुघुरकोटलाई आईतबार पुर्ण जन्मदर्ता र अनिवार्य तथा आधारभुत शिक्षा प्राप्त वडा घोषणा गरिएको छ । वडालाई साँफेबगर नगरपालिकाको प्रमुख कुलबहादुर कुँवरले पुर्ण जन्मदर्ता र आधारभुत शिक्षा युक्त वडा घोषणा गर्नुभएको छ । “घुघुरकोटवासिको एउटै इच्छा, बालबालिकाका लागि पुर्ण जन्मदर्ता र अनिवार्य आधारभुत शिक्षा“ भन्ने मुल नारा सहित अनिवार्य आधारभुत शिक्षा र पुर्ण जन्मदर्ता कार्यान्वयन गर्ने प्रतिवद्धाता समेत गरिएको छ ।
वडामा रहेका सबै बालबालिका को ३५ दिन भित्र जन्म दर्ता गरिसकेपछि र सबै बालबालिकाले अनिवार्य रुपमा आधारभुत शिक्षा प्राप्त गरेको पाइएपछि भव्य कार्यक्रमका बिच प्रतिबद्धता घोषणा कार्यक्रम गरिएको हो । कार्यक्रमको प्रमुख अतिथी कुलबहादुर कुँवरले आधारभूत शिक्षा र पूर्ण जन्मदर्ता घोषणा मात्र नभई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्ने बताउनुभयो ।
उहाँले समाज निर्माणको परिवर्तनमा समाजका सवै समुदायको भूमिका महत्वपूर्ण भूमिका रहने वताउनुभयो । नगरपालिका प्रमुख कँुवरले सामाजिक अभियान्तामा नलाग्ने वडालाई नगरपालिकाबाट पाउने सेवा सुविधाबाट बञ्चित गर्ने चेतावनी दिनु पनि दिनुभयो ।