ओली–प्रचण्डको संयुक्त पत्रकार सम्मेलन आज हुने
कपन अनलाइन
काठमाडौं, पौष २ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकार सम्मेलन मार्फत राजनीतिक घटनाक्रम र राष्ट्रिय सभाको अध्यादेशबारेमा धारणा सार्वजनिक गर्ने भएका छन् ।
आइतबार अपरान्ह दरबारमार्गको होटल अन्नपूर्णमा पत्रकार सम्मेलनको तयारी भएको छ । शनिबार मात्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उक्त अध्यादेशबारे प्रधानमन्त्री देउवासँग बुझेका थिए । अध्यादेश पारित भए पछि मात्र सरकार छाड्ने देउवाको अडान विरूद्ध एमाले अध्यक्ष ओली भने आक्रामक देखिएका छन् ।
बामपन्थी गठबन्धनका नेताले अध्यादेश जारी नगर्नका लागि राष्ट्रपतिलाई सुझाव दिएका थिए भने यसबारेमा आधिकारीक जानकारी पत्रकार सम्मेलनमा दिइने गठबन्धन दलका प्रेस सल्लाहकारहरूले जनाएका छन् ।
तपाइँको प्रतिक्रिया ।