लालपूर्जा दिन आतुर छौं : धामी

लालपूर्जा दिन आतुर छौं : धामी

कपन अनलाइन

कञ्चनपुर, पौष २ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी नरबहादुर धामीले वर्षौं देखि चलनभोग गर्दै आएको जग्गाको नापी गरी स्थानीय जनतालाई लालपूर्जा दिन आतुर रहेको बताएका छन । शुक्लाफाँटा नगरपालिका–२ रानीपुरमा विजयपछि मतदातालाई धन्यवाद दिन आयोजित कार्यक्रममा उनले मन्त्रिमण्डल गठनपछि जग्गा समस्या समाधान गर्नका लागि केन्द्रीय स्तरको आयोग गठन गरिने र बसेकै ठाउँमा जग्गा नापी गरी लालपूर्जा उपलब्ध गराइने वचन दिएका छन् ।

दुई वर्षभित्रै राष्ट्रव्यापी नापी लागू गरी भूमिको अभिलेख अद्यावधिक गरेर भूमिसँग सम्बन्धित समस्या समाधान गरिने उनले बताए । “भूउपयोग नीति, योजना एवं कानूनका आधारमा भूमिको वर्गीकरण तथा उपभोग गरिने छ, भूमि अतिक्रमण गर्न नपाइने व्यवस्था लागू गरिने  छ”, उनले  भने।

नव निर्वाचित प्रदेशसभा सदस्य लालबहादुर खड्काले कृषिमा आधारित योजना सञ्चालन गरी बेरोजगारीको समस्या समाधान तथा नदीले गर्दै आएको भूक्षय रोकावट, नदीनालामा पुल पुलेसा, सडक निर्माण र स्तरोन्नति, शैक्षिक क्षेत्रको विकास, खानेपानी र गुण स्तरीय स्वास्थ्य सेवा  पुर्यायाउनका लागि योजनाबद्ध रुपमा अगाडि बढ्ने बताए ।

स्थानीय बासिन्दाले सांसदलाई नदी नियन्त्रणका लागि तटबन्ध, सनबोरा नदीमा पक्की पुल, खानेपानी र सडकको स्तरोन्नतकिा लागि योजना अघि सार्नुपर्ने सुझाव दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।